सम्झनाले एकोहोरो हुन्छु कति कति
चाहनाको छालहरू थुन्छु कति कति
धमिला ती छायाहरू आँखाभरि खेल्दा
थाहै नपाई तस्विर छुन्छु कति कति
सधैँ सधैँ एकान्तमा मीठो यादसँगै
थरीथरी गीतहरू सुन्छु कति कति
घरि घरि सम्झनाले छाती पोल्दा खेरि
भक्कानिदै लुकिछिपी रुन्छु कति कति
पर्खाइमा चोखो माया संगालेर सधैँ
सपनाको रंगहरू चुन्छु कति कति
चाँगे: ५ ताप्लेजुंग