Skip to content

धेरै सोँच्नै पर्दैन, मुक्तक आफै फुर्छ अचेल ।
खै कहाँ छ भण्डार कुन्नि शब्द आफै जुर्छ अचेल ।
गोलपोष्ट एकातिर छ मेरो, बल अर्कातिर गाछ . .. . .
अभागी यो जिन्दगी नै झुर झुर छ अचेल ।।
———–>प्रकाश पौडेल जिज्ञासु ।

२)
जीवनको नक्सा कोर्नै पर्ने रैछ ।
बाधा र अड्चनहरू फोर्नै पर्ने रैछ ।
अमूल्य जीवन बाँच्नैलाई मात्र भए नि .. . . . .
दुखसुख हात मुख जोर्नै पर्ने रैछ ।।
———–>प्रकाश पौडेल जिज्ञासु ।

३)
आज नपाएर केही छैन भोलि पाए हुन्थ्यो ।
यसो गर तिम्ले भन्ने, बोली पाए हुन्थ्यो ।
के गर्ने कसो गर्ने अलमल भाछु अचेल बरु . . . . .
स्वाट्ट निलेर बुद्धि फिर्ने गोली पाए हुन्थ्यो ।।
———–>प्रकाश पौडेल जिज्ञासु ।

४)
दिदी छिन् अँझै दिदी भागेपछि रे ।
तिमी घरमा आई मलाई मागेपछि रे ।
कैले हुन्छौ तिमी मेरी भनी सोद्धा ……..
बल्ल सोर्ह पुगेँ अठार नागेपछि रे ।।
———–>प्रकाश पौडेल जिज्ञासु ।

५)
गोरी होलिन् सोँचे तर काली धेरै रैछन् ।
सोझी होलिन् सोँचे तर जाली धेरै रैछन् ।
फुलबारीकी फूल जस्ती उनी देख्दा खेरी … . . .
सुन्दर गुलाब सोँचे तर माली धेरै रैछन् ।।

———–>प्रकाश पौडेल जिज्ञासु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *