Skip to content

कतै हर्ष कतै रोदन त्यो सिन कस्तो होला ।
तिमि बिनाको एक्लो म त्यो छिन कस्तो होला ।
डोलि चडि पराईसँग जान्छौ होला तिमि त. . . . . . .
मेरो जीवनकै कालो त्यो दिन कस्तो होला ।।
—->> प्रकाश पौडेल जिज्ञासु ।

2.)
भित्रि मन रुँदारुँदै बाहिर रमाएर के गर्छौ।
खुशि छैन मन भने कमाएर के गर्छौ ।
एता छामे रित्तो हुन्छ उता छामे भित्तो. . . . . .
चिसो रातमा सँधै सिरानि समाएर के गर्छौ ।।
—->> प्रकाश पौडेल जिज्ञासु ।

3.)
एकान्तमा मस्किन्छिन् उनि ।
कोहि देखे झस्किन्छिन् उनि ।
भेट हुँदा मौका मिलेपछि. . . . . .
प्रेमका परिकार पस्किन्छिन उनि ।।
—->> प्रकाश पौडेल जिज्ञासु ।

4.)
सपनाकि रानिको मुहार हेर्ने कैले होला ।
सिङ्गल बाट डबल बेड फेर्ने कैले होला ।
दु:ख सुखका गफ गर्दै दिन रात बिताउने. . . . . . .
मनकि प्यारिलाई अंगालोमा बर्ने कैले होला ।।
—->> प्रकाश पौडेल जिज्ञासु ।

5.)
लजाएर तिम्ले मुख छेकेको सम्झिन्छु ।
रातभरि चिठि तिम्लाई लेखेको सम्झिन्छु ।
डराई डराई तिमिसँग रमाएर बस्दा. . . . .
अरु कसैले हाम्लाई देखेको सम्झिन्छु ।।
—->> प्रकाश पौडेल जिज्ञासु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *