Skip to content


धन कमाउन बिदेशियौ ए, नेपाली भाइ
अरबको मरुभूमि कुल्ली हुनलाई
रातभरि छाती पोल्छ दिनभरि शीर
सम्झी ल्याउँदा लालाबाला लाग्छ धेरै पिर

धन कमाउने चलेको छ, आज होडबाजी
कस्ले धेरै कमाउने हो, जुठो भाँडा माझी
कलकत्ता र बम्बैतिर डुलीडुली हिड्छौ
अरब र मलेसिया, के के काम गर्छौ ?

बहादुर थियौ तिमी आज बा दूर भयौ
पैसा धेरै कमाउन बिदेशतिर गयौ,
कति तिम्रा साथीहरू बाकस भरिई आए
अन्य कति साथीले चैं बाकसभरि ल्याए

तिम्रो भने घरफर्की आउने खर्च छैन
धेरै पैसा कमाएर घर आउने हैन ?
धिक्कार भन्दै आज तिम्री धर्तीमाता रोइन
सम्झी हेर भूजननी कति दुखी भइन

नेपाल आमा हँसाउन चांडै फर्की आऊ
विदेशको माटो माथि पसिना नबगाउ
जे जे भयो जिन्दगीमा सबै बिर्सिदेऊ
आफ्नै देशको माटो माथि जीवन सुम्पिदेऊ

२०५९/५/३
तुम्लिंटार, संखुवासभा

Leave a Reply

Your email address will not be published. Required fields are marked *