बिगत २ दशकदेखि नेपाली साहित्यमा समर्पित साहित्यकार ‘श्रीजन श्री’लाई अनाममन्डली मलेसिया र विश्व नेपाली साहित्य महासंघ मलेसियाले एक कार्यक्रम गरी सम्मान गरेको छ।
‘माटो हाँस्छ २०६४ र माटो भन्नु मुटु रैछ २०६६’ गरी दुइटा एकल र थुप्रै संयुक्त गजल सँग्रह प्रकाशन गरिसकेका श्रीजनलाई २२ डिसेम्वर २०१३का दिन उनकै “एकल गजल वाचन कार्यक्रम”मा सम्मान गरिएको हो।
बिगत लामो समय देखि मलेसियामा रहदै आउनु भएका श्रीजनलाई मलेसियाली नेपाली गजलका जनक पनि मानिन्छ। मलेसियामा उनकै सकृयातामा नेपाली गजल संस्थागत भएको थियो। कुशल गजल प्रशिक्षक, सङ्गठक र समालोचक समेत रहेका श्रीजन सिर्जनाका स्वरहरू, यात्रा र दीपान्जलिका सम्पादक पनि हुन।
अनाममन्डली मलेसिया र विश्व नेपाली साहित्य महासंघ मलेसियाले, मलेसियाको राजाधानी क्वालालम्पुरमा आयोजना गरेको श्रीजनको”एकल गजल वाचन कार्यक्रम”मा उनले एउटा डोटेली र एउटा मलेसियन भाषाको गजल पनि वाचन गरेका थिए। साश्त्रीय छन्द/बहरमा समेत बिशेष दख्खल राख्ने श्रीजनले केही साश्त्रीय छन्द/बहर र बाँकी स्वनिर्मित(मात्रिक छन्द)लयका ३ दर्जनभन्दा बढी गजलहरू सुनाउनु भएको थियो। श्रीजनका एकएक वटा गजल गजलकार मनोज बिराली, रोहन समीप र निश्चल परदेशीले पनि वाचन गरेका थिए।
कार्यक्रममा अनाममन्डली नेपालका संस्थापक अध्यक्ष शुरेश शुवेदी(नेपाल)बाट online बिशेष अथिति(समीक्षक)का रुपमा हुनुहुन्थ्यो भने अमेरिकाबाट online अथितिको रुपमा गजलकार टंक चन्द हुनुहुन्थ्यो। त्यसैगरी उदाउँदोतारा साहित्यसमाज पेनाङ मलेसियाका दीप दर्शन र सविन राइ, प्रवासी नयन साहित्यसमाज जोहोर मलेसियाका राज सहयात्री, विश्व नेपाली साहित्य महासंघका केन्द्रीय उपाध्यक्ष मनि राई गोठाले, कान्तिपुरका रामचन्द्र गिरी, onlinenepalikhabar.com का रामचन्द्र नेपाल, श्रम साप्ताहिकका इस्वरी ढकाल, नेपाल पृष्टभूमिका सुन्दर आले, प्रवासी सन्देशका बिरु पाठक, श्रमिक सिर्जना यात्राका प्रकाश बिसी, प्रेम पाण्डे, प्रेम श्रेष्ठ दीन, रोहन समीप लागायतका अथितिहरू हुनुहुन्थ्यो।
कार्यक्रममा मलेसियाका एकदमै दूर प्रान्त जोहोरबारु, पेनाङ, मुहार, इपो लगायतका गजलानुरागीहरूको उल्लेख्य उपस्थिति थियो।
कार्यक्रमको सन्चालन अनाममन्डली मलेसियाका सचिब सोमनाथ सुवेदी र अध्यक्षता विश्व नेपाली साहित्य महासंघ मलेसियाका अध्यक्ष जीवन देवान गाउँलेले गर्नु भएको थियो।
कार्यक्रममा वाचन गरिएका केही सेरहरू:-
मुस्कान र प्रहार उस्तै-उस्तैछन्
परेली र तरवार उस्तै-उस्तैछन्
सखापमात्र पार्छ आएर किन?
यो बाढी र सरकार उस्तै-उस्तैछन्
—————
मन्दिरमा कुरान हुन्छ कि हुँदैन?
मस्जिदमा भगवान हुन्छ कि हुँदैन?
साह्रै चमत्कार गर्यो प्रविधिले
दिल जोड्ने विज्ञान हुन्छ कि हुँदैन?
देख्दैछु स्वतन्त्र स्वतन्त्र देख्दैछु
चराहरूको बिधान हुन्छ कि हुँदैन?
—————
घाउमाथिका चुम्वनहरू गुलाव जस्तै लाग्छन्
मलाई मेरा दुस्मनहरू गुलाव जस्तै लाग्छन्
तिमी गयौ तिम्रो तस्विर छाती भित्रै रह्यो,
यादहरू धड्कनहरू गुलाव जस्तै लाग्छन्
—————
टुटाएर गयो सारा फुटाएर गयो
बनाउँछु नयाँ भनी भत्काएर गयो
पराईको बन्दूकभन्दा भारी पर्यो मलाई,
आफन्तैले औलो जब उठाएर गयो
यमराजलाई गजल सुनाइ फर्किसकेपछि,
भन्थ्यो अरे गजलकारले रुवाएर गयो
—————
‘क्रान्ति’भन्ने शब्द पस्यो पाना भित्र जब,
किताबमा नै दनदन आगो लगाएर गयो
गजलले यस्तो तीर चलाउछ अब
कित जल्छ कित सागर जलाउछ अब
फूल यति तिखो भयो छुनै नसकिने
काँडा फुल्ने ठाउमा के, पलाउँछ अब?
—————
आँखा भित्र नानी रोयो नानी भित्र आसुँ
आसुँ भित्र तिमी रोयौ कसरी म हासूँ
यता गास्यो उता टुट्छ उता गास्यो यता,
जिन्दगीको सारंगी यो कता-कता गासूँ?
राख्दा पनि चस्स-चस्स नराख्दा नि चस्स,
तिम्रो तस्विर फालि दिउ कि हृदयमै टासूँ?
—————
जून भन्छ फूल राम्रो फूल भन्छ जून
हाँस्दा हास्न पाउँसँगै रुदासँगै रुन
दम्भ बोकी निगालोले जति लाओस् घुर्की,
झुक्नै पर्छ सक्तैन त्यो आकाशलाई छुन
गधा धुदा गाई बन्ला स्याल धुदा सिह,
मान्छे के पो बन्थ्यो कुन्नि सकिएन धुन
—————
खनखन् चुरा छनछन् पाउजु नेल जस्ता लाग्दैनन् र?
सिन्दूरका साइनाहरू जेल जस्ता लाग्दैनन् र?
वेद-पुराण, बाइबल-कुरान, रामायाण र महाभारत,
नारीलाई शोसण गर्ने खेल जस्ता लाग्दैनन् र?
—————
सर्प बिच्छी बाहिर आए मान्छेपसे दुलाभित्र
पेट भित्र आगो बल्यो भोक रोयो चुलाभित्र
नदी नाला सागर र गंगा भित्र के नै छ खै?
मजदूरको गीत हुन्छ पसिनाका कुलाभित्र
—————
जादै छु दूर भन्दै बाटो जलाउदै छौ
जन्मेर हुर्किएको माटो जलाउदै छौ
कस्तो कठोर बन्छौ विर्सेर कोख छोरा?
दस्धार दूधको नै टाटो जलाउदै छौ
गर्दा विनास मात्रै केको विकास हुन्थ्यो?
आफन्त वीच लड्दै खाटो जलाउदै छौ
कस्तो भविस्य होला भुल्दा उद्देश्य आफ्नो?
अन्मोल जिन्दगीको पाटो जलाउदै छौ
—————
उनको बोली तिम्रो गोली, मेरो चाँही छाती थियो
बुझी हेरें समाजमा, तिम्रै कुरा माथि थियो
चामलको दाना नपाई, रुदा यता गाउँ बस्ती
उता भने ढुङ्गालाई, अक्षता र पाती थियो
बिधुवाको सिउँदो झै, उजाड छ परदेश यो
योभन्दा त घरदेश नै, कयौ गुना जाती थियो
आज दु:ख पर्दा मलाई, छोड्यो भन्ने के गुनासो?
कमसेकम हिजो सुखमा, मान्छे मेरो साथी थियो ।