Skip to content

अजम्बरी एउटा नाता


अजम्बरी एउटा नाता, गाँस्न नखोजेको होइन
तिमीसँगै जिन्दगी यो, बाँच्न नखोजेको होइन

एक अर्कालाई दोष लाउँदै, पिरतीको हत्या भयो
गल्ती कहाँ कस्को भनि, जाँच्न नखोजेको होइन

समयले उमेरलाई, निक्कै पर लगे पनि
जवानी चैं तिम्रै लागि, साँच्न नखोजेको होइन

पिरहरूको आँधी आई, मेरो शरीर ढल्दाखेरी
तिम्लाई हेरी भुल्दै चोट, हाँस्न नखोजेको होइन

अजम्बरी एउटा नाता, गाँस्न नखोजेको होइन
तिमीसँगै जिन्दगी यो, बाँच्न नखोजेको होइन

बसन्त दहाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *