Skip to content

कोही टोलाउने मैले बोलाउने


कोही टोलाउने मैले बोलाउने एकैछिनमा हुन्छ !
क्षणभरमा हावाको बहावले मेरो मनलाई छुन्छ !

हर तरहले सम्झाउछन्, मलाई मेरा साथीहरू
विस्वास लाग्न थालेको छ, भगवानले सुन्छ !

प्रेममा लिप्त भएको, देखाउने प्रसस्तै भेटिन्छ
माकुरीले मात्र दिगो, सम्बन्धको जालो बुन्छ !

किन गिद्देनजर लाग्छ, सुखी जिन्दगीमा यहाँ
यस्तै यस्तै हुन्छ र भक्कानिएर मन रुन्छ !

दिवाकर भट्टराई
दमौली तनहुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *