Skip to content

तिर्खा मेट्ने खोली तिमीले

तिर्खा मेट्ने खोली तिमीले ,पायौ र त अन्तै ।
धोका मलाई दिई माया ,लायौ र त अन्तै ।।

हुन पनि छाड्यो भेट ,अचेल तिम्रो र मेरो
तारा दिन्छु भन्नेसँग तिमी ,धायौ र त अन्तै ।।

यता तोड्यौ वाचा कसम ,खुसि हुदै तिमिले
सँगै जिउने मर्ने कसम ,खायौ र त अन्तै ।।

रहर तिम्रो पुरा भयो ,अनि बनायौ पागल मलाई
मेरो घरबार उजाड पारी ,छायौ र त अन्तै ।।

कसरी हुन सक्छु र म ,अब सधैं सधैं खुसी
मेरै आँखा सामु घरबार ,बसायौ र त अन्तै ।।।

राज धिमाल `आशुतोष´
बर्दिबास ९,महोत्तरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *