Skip to content


उ जहिले पनि दुख्यो दुख्यो भन्थ्यो तर कहाँ दुख्यो भनेर सोद्दा भन्दैन थियो । डाक्टरकहाँ लगियो । त्यहाँ पनि दुख्यो मात्रै भनेर साह्रै चिच्चाई रहृयो । धर्ती नै फुट्ला जस्तो गरेर चिच्चाई रहन्थ्यो । अनि उसलाई लठ्याउने नसाको सुई दिइयो तर सुइको नसा छुटेपछि फेरी उही सुरु हुन्थ्यो । बल्ल बल्ल बोल्यो र भन्यो “डाक्टरसाब यो मेरो हातलाई चोट लागेको छ, यो मेरो हात काट्नु पर्‍यो काटेर नै ˆयाँकी दिनुस साह्रै दुख्यो ।” डाक्टरहरू आई सारा जाँच गरे तर रोग पत्ता लागेन । डाक्टरले भने “रोग छैन भन्छ तर उ चाहिँ पीडाले खुब रोई रहेको थियो । पछि उसले अलि होस् आएपछि भन्यो डाक्टरसाब सुन्नुहोस् मेरी साह्रै राम्री पि्रय पत्नी थिईन हामी असाध्यै मिल्थ्यौ । एकदिन हामी घुम्न गयौं । ठट्टा गर्दै हामी खुब हाँस्न लाग्यौँ, मेरो यही नै दाइने हातले अचानक उनलाई धकेल्न पुगे । मेरी पि्रय पत्नीको मेरै कारणले मृत्यु भयो । डाक्टरसाब, मेरो हात काटेर फालिदिनुस् एवं रितले उ फेरी चिच्याउन लाग्यो दुख्यो, दुख्यो——

Leave a Reply

Your email address will not be published. Required fields are marked *