Skip to content

दाइजो शुन्य गरौं


कमाई गरी खाउ आफ्नै वुतामा,
दुखेसो गरी वाँच लौ पाखुरामा
न सोचौं पराई धनै दाइजोको,
न खोजौं कसैले यसै पाइएको ।

छ पीडा विदाई गरी छोरिलाई,
झनै पीर लाग्ने परे मूर्खलाई
हुनेहौ सदस्यै पछी त्यो घरैको,
दुखायौ त आत्मा छहारी परैको ।

सुकन्या खुवीले तिमीले ठमाऊ,
असल् सोच र भावनामा रमाऊ ।
नठूला घराना नसाना गनिन्छन्,
मिलेमा त जोडी राम्रो भनिन्छन् ।

दुईभिन्न जीऊ दुईभिन्न आत्मा,
मिली आपसैमा रमाऊ समाज्मा ।
खुशी भै रमाई सयौं वर्ष वाँचौं,
मरी लानु के हो रमाएर हाँसौं ।।

नसोची अगाडी तिमीले नचल्नू,
धनैका पछाडी परी दान् नखोज्नू
ति पत्नी मनैमा धिक्कार गर्लिन्,
तिमीमा त आँखा रिसाएर तर्लिन् ।

विगारेर सम्वन्ध के पाइयो है,
सपारिन्छ नाता विना दाइजोमै ।
यसैले छ प्रथा हटाएर फाल्ने,
गरौं शुन्य रे चलन् दुष्ट लाग्ने ।।

भुजङ्गप्रयात, १२ अक्षर ( य य य य )
चूडा “निर्भीक”, हाल काठमाण्डौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *