Skip to content

तिम्रो पछ्यौरी ओढाउनु मेरो लाशमा

  • by


तिम्रो पछ्यौरी ओढाउनु मेरो लाशमा
मृत्युपश्चात् भेट्ने मीठो आशमा

चट्याङ पर्‍यो मेरै छातीमाथि
पिरतीको फूल झर्‍यो दैव मधुमासमा

आँखामा सपनाको लाम लस्कर छ
आगो बोकेर बग्छ नदी प्यासमा

बिदाईको यो बखतमा नरोउ बिन्ती
बाँचेको छु तिम्ले फेर्ने सासमा

तिम्रो पछ्यौरी ओढाउनु मेरो लाशमा
मृत्युपश्चात् भेट्ने मीठो आशमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *