Skip to content


शरिरको माया पनि के माया,
देशको माया नै ठुलो रैछ
हिमाली छायामा हुर्केकी छोरी
माया हिमालकै लाग्दो रैछ ।

नेपाली र नेपालको सेवा गर्नुभन्दा
गरिबको सेवा गर्न ठुलो लाग्छ
आफ्नो शरीरको पीडा पनि के पीडा
नेपालको पीडाले यो मन पोल्छ ।
आफ्नो गरिबी पनि के गरिबी
गल्लीमा माग्ने बालक देखी यो मन रुन्छ ।

नेपाली मनलाई बुझ्न नै
सबैभन्दा ठुलो राम्रो लाग्छ ।
नेपालकै सदस्य बसेर रम्न नै
सबैभन्दा राम्रो लाग्छ ।

नेपाल र हिमालको गाँठो खाँदिलो पारेर
कस्न मन छ ।
नेपाल आमाका सन्ततिको सम्बन्ध बलियो
बाध्न मन छ ।

आफ्नो मन त के मन
नेपाली मनमा घुम्न मन लाग्छ ।
आफ्नो तन त के तन
नेपाल आमाको अंगअंग चहार्न मन लाग्छ ।

आफ्नो छायाँ त के छाया
नेपाल को प्रतिविम्ब कोर्नु छ ।
शरिरको माया त के माया
हिमाल-हिमालीको सम्बन्ध जोड्नु छ ।

मनिषा अवस्थी

Leave a Reply

Your email address will not be published. Required fields are marked *