Skip to content

आज माघे सक्रान्ति भन्छन् ….

आज माघे सक्रान्ति भन्छन् हल्का पिएर बस्याछु
कति रुग्ने आरान सँधै सुरतालमा जिएर बस्याछु

तन मन सबै फाटे, टाला टुली पनि बन्ने होइन
फाटेको तनलाई, मक्केको मनलाई सिएर बस्याछु

तन साँचे, मन साँचे, के के गर्छु भनी जिन्दगीमा
थ्री एक्स जातको सुरपान हातमा लिएर बस्याछु

रोजी रोटी, हात मुख जोर्ने आरन बन्द गरे आज
एक दिनलाई भए पनि आज सन्यास दिएर बस्याछु

‘चिन्तन’ मनन कति गर्ने जिन्दगीका पाटाहरु
कति रुग्ने आरान सँधै सुरतालमा जिएर बस्याछु
मल्म, बागलुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *