• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा

नेपालको माटोको उर्वराशक्तिको एक परिचय तथा व्यवस्थापनमा विवेचना

editor — Sun, 01/19/2014 - 13:27

  • वर्णनात्मक निबन्ध
  • सदानन्द अभागी

माटो के हो भन्दा, यसको परिभाषा उपयोगको आधारमा फरक फरक किसिमले गरेको पाइन्छ । कृषकले उपयोग गर्ने माटो भनेको जहाँ कृषकले जोत्न सक्छ खेती लगाउन सक्छ र उत्पादन लिनसक्छ त्यही नै माटो हो । यदि खेती लगाउन सकिदैन भने त्यसलाई कृषकले माटोको रूपमा परिभाषित गर्दैन ।

बास्तवमा माटो पृथ्वीको उपल्लो खुकुलो त्यो सतहको त्यो पदार्थहो, जो चट्टानहरू खिइएर अथवा टुक्रिएर वनस्पति तथा जीवजन्तुका अवशेषहरू मिलेर बनेको हुन्छ । यहाँ हामीले बिरुवा उमार्न सक्दछौं । माटोले बिरुवाको लागि उम्रन र बढ्न आधार दिन्छ । खानको लागि खाद्यतत्वहरू प्रदान गर्छ र बिरुवाले माटोबाट खाद्यतत्त्व लिएर आफ्नो जीवनचक्र पुरा गर्दछ ।

नेपाल एउटा प्राकृतिक सौन्दर्यताले छाएको देश हो । यो देशको बनावटलाई विश्वको सर्वोच्च शिखर देखि तराईका समतल फाँटले सिँगारेका छन् । जसरी यस देशलाई विभिन्न उच्चाइ तथा हावापानीले बिभाजान गरेको छ, त्यसरी नै माटोको निर्माणले पनि देशलाई बिभाजित गरेको पाइन्छ । तराई, शिवालिक, मध्ये पहाड, उच्च पहाड, हिमाल, टार उपत्यका र वन क्षेत्रको माटोको बनौट पैतृक पदार्थ, हावापानी, भूमिको ढलान, जैविक कृयाकलाप तथा माटो बन्न लाग्ने समयको कारणबाट यहाँको माटोको बनावट फरक फरक किसिमको पाइन्छ । यी ठाउँको माटोको उर्वरा शक्ति पनि फरक फरक किसिमको हुन सक्दछ । माटो खाद्यतत्वको भण्डारहो । यो भण्डारलाई राम्ररी व्यवस्थापन गर्न सकेन भने खाद्यतत्वको मात्रा रित्तिदै जान्छ र उत्पादन घट्दै जान्छ । नेपालले केही वर्ष अघिे खाद्यान्न निकासी गर्दथ्यो । आज आएर आयत गर्न थालेको छ । यसको मुख्य कारण बढ्दो जनसंख्याको अनुपातमा खाद्यान्न उत्पादन बढाउन नसक्नु नै हो । उत्पादन लिनको लागि माटो मलिलो हुनुपर्दछ । वीउ उन्नत तथा शुद्ध हुनु पर्दछ । उन्नत प्रविधिको प्रयोग गरेर खेती लगाउनु पर्दछ । बिरुवाको आवश्यक्ता अनुकुल खाद्यतत्व (मल) को प्रयोग हुनुपर्दछ । आवश्यक्ता अनुसार सिंचाइको व्यबस्थापन गर्नुपर्दछ । रोग कीरा नियन्त्रणदेखि सबै प्रकारको क्षतिबाट बालीको संरक्षणको गर्नुपर्दछ र मात्र बढी र गुणस्तर उत्पादन लिन सकिन्छ ।

हाल माटोमा मुख्य खाद्यतत्वहरू (नाइट्रोजन, फस्फरस, पोटास) मात्र नभएर, सहायक तत्वहरू (क्याल्सियम, म्याग्नेसियम र गन्धक) र सुक्ष्म खाद्यतत्वहरू (फलाम, तावाँ, म्याग्निज, जस्ता, सुहाग, मोलीब्डेन म र क्लोरिन) को समेत कमिका लक्षणहरू देखिन थालेका छन् । धानबाली, सुन्तलाजात फलफूलमा जिङ्क (जस्ता) तत्वको लक्षण नेपालका धेरै ठाउँमा देखिएका छन् । सुहाग (बोरोन) तत्वको कमी तरकारी बालीमा खास गरेर काउलीजात तथा मुलाजातमा प्रायः देश भरी नै सबै ठाउँमा देखिएको छ । त्यसै गरी तेलबाली लगाइने ठाउँहरूमा गन्धकयुक्त मलको प्रयोगले उत्पादन बढेको देखिन्छ । फलफुल बोटहरूमा पनि जस्ता र वोरनको प्रयोग गर्न अति आवश्यक हुन गएको छ । काउलीजातमा मोलिव्डेनम तत्वको कमीकालक्षणहरू देखिदै आएका छन् ।

उर्वराशक्ति घट्नुका कारणहरू

बिरुवाको आवश्यकता अनुरूपको मलको प्रयोग नहुनु, भूक्षय बढ्ता हुनु, गोबरलाई इन्धनमा प्रयोग गर्नु, बढी उत्पादन दिने बालीको प्रयोग, सघन बाली प्रणाली अनुरूप मलको प्रयोग नगर्नु, सन्तुलित मलको प्रयोगको कमी, केवल नाईट्रोजनयुक्त मल मात्र प्रयोगमा ल्याउनु, गोबर मलको प्रयोग घट्दै जानु, गाई–भैंसीको संख्यामा कमी हुनु, अम्लियतपन बढ्दै जानु, मरुभूमिकरण बढ्दै जानु, जङ्गलमा आगो लगाउने चलन, जङगल मास्ने चलन आदिले गर्दा उर्वराशक्ति घटाउने काम हुँदै गएकोछ । मध्ये पहाड र पूर्वी नेपालको माटोमा अम्लीय पनाको समस्या अरु ठाउँको तुलनामा बढी छ ।

कृषकले अपनाउँदै आएको परम्परागत माटोको उर्वराशक्ति व्यवस्थापन

माटो मलिलो बनाउने मुख्य श्रोत भनेको गोबर मलको प्रयोग हो । कम्पोष्ट मलको प्रयोग, वर्षाको पहिलो भेल खेतमा पसाउने, गोठ सार्ने, थलो मल्ने, दलहन बालीको प्रयोग गर्ने, हरियो मलको प्रयोग, भिरालो जग्गामा गह्रा बनाउने, खेतका तथा बारीका कान्ला ताच्छ्ने, छापो राख्ने, छापो पोल्ने, बाली अवशेषको प्रयोग, घुम्ती बाली, घुम्ती गोठ आदिको माध्यमबाट माटो मलिलो बनाउने कामहरू कृषकले अपनाउँदै आएका छन् । घट्दो उर्वरा शक्तिलाई आवश्यक्ता अनुरूप प्राङ्गारिकमल दिन नसके या उपरोक्त अपनाउँदै गएका प्रयासमा गुणस्तर कायम गर्न नसके माटोको उर्वरा शक्ति दिगोरूपमा बढाउन सकिदैन ।

माटोको प्रतिकृयाको अवस्था

यसरी नै माटोको प्रतिकृयालाई केलाउँदा करिव ६३ प्रतिशत नमुनाहरू अम्लीय प्रकारका पाइन्छन् । यसमा पनि मध्ये पहाडको माटोको नमुन केलाएर हेर्यो भने धेरै अम्लीय प्रकारकाछन् । पश्चिम नेपालकोभन्दा पूर्वी नेपालको माटोमा अम्लि पना बढ्ता छ । यस्तो अम्लीय प्रकारको माटोमा कृषिचून प्रयोग गर्नु पर्ने हुन्छ तर कृषि चूनको आपूर्ति र प्रयोग त्यति सजिलो छैन । अम्लीय माटो बढ्ता भएको ठाउँमा प्राङ्गारिकमलको प्रयोग बढाउनु पर्दछ ।

माटोको प्राङ्गारिक पदार्थको अवस्था

माटो व्यवस्थापन निर्देशनालयको प्रतिवेदन केलायर हेर्यो भने करिव ६० प्रतिशत माटोका नमुनाहरूमा प्राङ्गारिक पदार्थको मात्रा कम भएको पाइन्छ । मध्यममा जम्मा ३२/३३ प्रतिशत नमुना पर्दछन्, भने उच्च प्राङ्गारिक पदार्थ भएको माटोका नमुना केवल ७/८ प्रतिशतको हाराहारिमा देखिन्छन् ।

विरुवाले लिन सक्ने फस्फोरस तत्वको अवस्था

हालसम्म फस्फरसको अवस्था भने मध्यम देखि अधिकको तहमा भएको पाइन्छ । कम २८% मध्यम २४% र उच्च ४८%को हाराहारीमा देखिन्छ ।

विरुवाले लिन सक्ने पोटासको अवस्था

पोटासको अवस्था हेर्दा कम मध्यम र अधिकको हाराहारीमा (२९, ३१ र ४०प्रतिशत) देखिन्छ । पोटासको अवस्था घट्दै गएकोछ । किसानहरूले प्रायः पोटासको प्रयोग गर्दैनन् । विरुवा लगाउँंदै जाने र पोटासको प्रयोग नगर्दा माटो वाट पोटासको मात्रा घट्दै जान्छ । पोटासको मात्रा माटोमा सन्तोष जनक नभए पनि कृषकले माटोमा पोटास मलको प्रयोग गरेको पाइँदैन । कृषकलाई बाली अनुसार सिफारिस बमोजिम पोटास मल प्रयोग गर्ने बानी बसाल्नु अति आवश्यक ठानिएको छ ।

माटोको उर्वरा शक्ति व्यवस्थापनः

माटोबाट उत्पादन बढाएर लिने हो भने हामीले मल, माटो, सिञ्चाइ, बीउ, बाली संरक्षण, प्रविधि र बजार व्यवस्थापनमा ध्यान दिनै पर्दछ । उत्पादन लिनमात्रको लागि मल, माटो, सिञ्चाइ, बीउ, बाली संरक्षण, प्रविधिको तालमेल मिल्नै पर्दछ । कुनै एकको कमी भयो भने उत्पादनको आशा गर्न सकिदैन । बजारको व्यवस्थापन भएन भने उत्पादन बिक्री गर्न सकिदैन । यी मध्येमा माटोको उर्बराशक्तिलाई कसरी व्यवस्थित गर्ने केही बुँदामा सङ्क्षिप्तमा ध्यान दिनुपर्ने कुराहरू यस प्रकार छन् –

माटोको अम्लियपनाको ब्यवस्थापन

माटोको पि.एच भनेको माटोमा भएको अम्लीय र क्षरीय पना जाच्ने मापन एकई हो । पि.एच जाच्ने मिशीनलाई पि.एच मीटर भनिन्छ । पि.एच ७लाई तटस्त मानिन्छ । सैधान्तिक हिसावले पि.एच मान ७भन्दा माथि बढ्यो भने माटोलाई क्षरीय भएको मानिन्छ र पि.एच मान ७भन्दा तल झरेको खण्डमा माटो अम्लीय भएको मानिन्छ तर व्यवहारिक हिसाबमा भने पिएच मान ६.५ देखि माथि र ७.५भन्दा तलको माटोलाई तटस्थको रूपमा लिइन्छ ।

हरेक विरुवाको आआप्नै किसिमको पि.एच.मान हुन्छ । त्यसो हुँदा सोही पि एच मान अनुसार वाली ब्यवस्थापन गर्न सकेको खण्डमा अम्लीय माटो सुधार नगरे पनि बाली लिन सकिन्छ । आवश्यक्ता अनुरूप आफुले चाहेको बाली लगाउने हो भने अम्लीय माटोमा कृषि चून प्रयोग गरी माटोको पि.एच.मान ६ देखि ७ को हाराहारीमा वनाइ राख्नु पर्दछ । चिया, कफि, भूईकटरको लागि धेरै अम्लीय माटो भए पनि फरक पर्दैन । ४ पि एच मानमा पनि चिया खेती गर्न सकिन्छ । मकै र भटमासलाई पि एच मान ४.८ देखि ५.०सम्म पनि लगाउन सकिन्छ । कृषिचूनको प्रयोग माटो जाँच गराइ प्रयोगशालाले सिफारीस गरे बमोजिम गर्न उपयुक्त हुन्छ । चून प्रयोग गरेपछि माटोमा राम्ररी मिलाएर करिव दश पन्ध्र दिन वालि लगाउँन पर्खनु पर्दछ । मध्ये पहाडका जिल्लाको माटोमा कृषि चुनको प्रयोग ठूलो मात्रामा गर्नु पर्ने देखिन्छ । ठूलो मात्रामा कृषि चुन प्रयोग गर्न हुँदैन । त्यसो हुँदा खण्ड खण्ड गरेर प्रयोग गर्नु उचित हुन्छ । खडा वालीमा कहिलै चुन प्रयोग गर्नु हुदैन ।

माटोको प्राङ्गारिक पदार्थको व्यवस्थापनः

प्राङ्गारिक पदार्थ माटोको मुटु हो । प्राङ्गारिक पदार्थले विरुवालाई आवश्यक पर्ने सबै खाद्य तत्वहरू प्रदान गर्दछ, । प्राङ्गारिक पदार्थ राम्रो भएको माटोमा सुक्ष्मजैविक कृयाकलाप वढ्दछ । पानी धारण गर्ने क्षमता वढाउँदछ । माटोको उर्बराशक्ति राम्रो भएमामात्र दिगो उत्पादनमा वृद्धि आउँदछ । माटोको स्वास्थ्य राम्रो बनाई राख्नको लागि माटोमा प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थ थप्नु पर्दछ । माटोमा १ प्रतिशत प्राङ्गारिक पदार्थ छ भने त्यति प्राङ्गारिक पदार्थ माटोमा कायम राख्नको लागि करिब १८ डोका गोबर वा कम्पोष्ट मल प्रति रोपनी प्रयोग गर्नु पर्दछ । यसरी नै २ प्रतिशत प्राङ्गारिक पदार्थ भएको माटोलाई २ प्रतिशत प्राङ्गारिक पदार्थ कायम राख्नको लागि करिव चौतिस पैंतिस डोका गोवर या कम्पोष्ट मल प्रयोग गर्नु पर्दछ । प्राँगारिक पदार्थको तह त्यो तहबाट माथि उठाउन वढ्ता मल थप्नु पर्ने हुन्छ । माटोमा प्राङ्गारिक पदार्थ वढाउन प्राङ्गारिक वस्तु नै प्रयोग गर्न आवश्यक पर्दछ । त्ययसो हुँदा गोवर र गहुतको सदुपयोग गर्ने, हरियो मलको प्रयोग, छापो, बालीचक्र, रात्रीमल, वायोग्याससलरीको प्रयोग, एजोला, पिना, सहरको फोहर मैला आदि राम्रोसँग पचाएर (विघटित पारी) माटोमा मिलाउनु पर्दछ । माईकोराईजा, राईजो विएम जस्ता सुक्ष्मजीवाणुको प्रयोग गर्ने एकिकृत खाद्यतत्वो व्यवस्थापन को व्यवस्था मिलाउने, स्थानीय श्रोत साधन वनमारा असुरो तीतेपाती खिर्रो जस्ता वन्य पदार्थलाई मलमा मिसाउने र राम्ररी पचाएर खेतमा लगेर जोतेर पुरिदिने । प्राङ्गारिक खेती (रासायनिकमल र रासायनिक विषादिप्रयोग नगरी गरिने खेती प्रणाली) लाई प्राथमिकता दिनु पर्दछ । रातो माटेमा, बलौटे माटोमा अरु माटोको तुलनामा कम प्राँगारिक पदार्थ हुने हुँदा यस्तो माटोमा बढता प्राङ्गारिक मलको आवश्यक पर्दछ । चिम्टे माटोमा पनि माटोको कणहरू फुकाउन र माटोमा हावाको आवा गमन गराउन प्राङ्गारिक मलको मात्रा बढाउनु पर्दछ ।

माटोको नाईटोजनको व्यवस्थापनः

प्राङ्गारिक पदार्थ वढाउन प्रयोग गर्ने भनिएका सबै खाद्यतत्वहरू माटोमा मिलाउने । प्राङ्गारिक मलले नभ्याएको स्थानमा रासायनिक मलको प्रयोग वढाउनु पर्दछ । कोसेवाली लगाउँदा राइजोविएम जीवाणु मलले बीउको उपचार प्रयोग गर्नुपर्दछ । अरुवालीमा एजोटो व्याक्टर प्रयोग गर्दा माटोमा नाईटोजनको मात्रा थप्न सकिन्छ । नाइट्रोजनलाई चुहिनबाट जोगाउने, पानी जम्नबाट जोगाउँदा डिनाईट्री फिकेशनलाइृ कम गर्न सकिन्छ । गोवर मललाई घाम पानीबाट बचाउँदा पनि नाइट्रोजन बचाउन सकिन्छ । प्रयोग गरिने नाइट्रोजन मललाई अधिकतम बिरुवाले लिन पाउने गरी प्रयोग गर्नु पर्दछ ।

फस्फोरस तत्वको व्यवस्थपनः

फस्फोरस तत्वलाई व्यवस्थित गर्न प्राङ्गारिक तथा रसायनिक मलको प्रयोग गर्नु पर्दछ । त्यसो हुँदा हरेक वालीमा माटो जाँचको् आधारमा सिफारिस मलको प्रयोग गर्नुको साथै असुरो, तीतेपाती, कालो वनमारा, झुसेतिल, कालो सिरिस, खिर्रो आदि वनस्पतिको प्रयोग गर्नाले माटोमा फस्फोरस थप्नुको साथै माटोमा भएको फस्फोरसलाई उपलव्ध गराउन सहयोग गर्दछ । कम्पोष्ट वनाउँदा फस्फोरसको जोरन राख्दा कम्पोष्टमा फस्फोरसको मात्रा वढाउन सकिन्छ । अति अम्लीय माटोमा कृषि चूनको प्रयोग तथा क्षारीय माटोमा जिपसम प्रयोग गरी पि.एच.मान ६ देखि ७ को वीचमा वनाउनु पर्दछ । कृषि चुन बढी प्रयोग गर्नु हुंदैन । माईकोराईजा प्रयोग गर्न सकेमा फस्फोरस तत्वको प्राप्यता वढ्दछ ।

पोटास तत्वको व्यवस्थापनः

पशुहरूको पिसावमा पोटासको मात्र वढ्ता हुन्छ । गहुतको संरक्षण गर्ने र गहुँतको प्रयोग गर्न राम्रो मानिन्छ । गहुँत सहितको गोवरमलको मात्रा बढाउन व्यवस्था मिलाउने । खरानिमा पोटास तत्व बढी हुने भएकोले खरानीको प्रयोग गर्ने । भू–क्षय कम गर्ने । सिफारिस बमोजिमको मलको प्रयोग गर्नु पर्दछ ।

शुक्ष्मतत्व व्यवस्थापनः

खास गरेर तरकारी वालीमा सुहाग र मोलिबडेनमको समस्या देखा परेको छ । काउली जातमा वोरोन र मोलिवडेनम तत्व माटोमा थप्नु पर्दछ । मूला जातमा वोरोनको प्रयोग र धानवाली र फलफूल खास गरी सुन्तला जातमा जिंक तत्वको प्रयोग गर्नु पर्दछ । माटाको अम्लीय तथा क्षारीय अवस्थालाई सुधार गरी माटाको पिएच मान तटस्थ राख्ने । प्राङ्गारिक मलको मात्रा बढाउने शुक्ष्म तत्व कमी भए पनि सहन सक्ने जात लगाउने । भूक्षय कम गर्ने । सिफारिस मात्रामा शुक्ष्म तत्व युक्त मलको प्रयोग गर्ने । अतः उपरोक्त व्यवस्थापनको साथ साथै भू–संरक्षित खेती व्यवस्थालाई पनि टेवा दिनु आवश्यक ठानिएको छ ।

अतः माटोको उपभोग जो जसले गरे पनि माटो सबैको साझा हो । करिव एक इञ्च खेती योग्य जमिनको तह निर्माण हुन सयदेखि हजारवर्ष लाग्न सक्छ । यसरी बनेको माटोलाई पानी र हावाले केही सेकेण्डमा बगाएर/उडाउर नाश गर्दछ । मलिलो माटोले नै जनतालाई पाल्छ र देशलाई धनी बनाउँछ । माटोलाई जोगाउनु हामी सबैको दायित्व हो । स्वास्थ माटो स्वास्थ जीवन, स्वास्थ देश स्वास्थ संसार सबैको धारणा यहीरहोस् र भावी सन्तति सवल बनोस्

धन्यवाद

सदानन्द अभागी

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 294
  • 2556 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • एकदम सान्दर्भिक
    1 hour 9 min ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    3 hours 52 min ago
  • भुगोल ले नछेकेको माया
    5 days 20 min ago
  • आउने दिनमा अझै सुन्न पाइयोस सर
    5 days 1 hour ago
  • सधा झै उत्कृष्ट रचना
    5 days 19 hours ago
  • Correction
    1 week 5 days ago
  • स्तब्ध बनाउने हरफ हरु
    1 week 5 days ago
  • धन्यवाद सर, केही समयमा पुन
    1 week 6 days ago
  • कुमार सर, नमस्कार छ । नयाँ वर्षमा नयाँ कम्प्लेन
    2 weeks 1 day ago
  • DHANYABAD SABAILAI
    2 weeks 2 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • जन्मदिनको शुभकामना तिमीलाई
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • चर्चित नेपाली यौनकथा
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • शूण्य (विज्ञान कथा)
  • अधुरो ईच्छा (यौन कथा)
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • हाम्रो बारेमा
  • आँसु हाँसो मिलन बिछोड
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • दुब्ले बाइ (कथा)
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • नयाँ बर्षको शुभकामना
  • पाठ्यक्रममा साहित्यिक कृति
  • तिमीलाई जन्मदिनको शुभकामना

Last viewed:

  • मुस्काई दिनु प्रिये
  • तिहारको शुभकामना चेलीलाई
  • ङा केबु ठौ
  • देबकोटालाई बिन्ती पत्र
  • बाबु, हे नानी हो
  • कसले गरोस् अनुभूत !
  • कुरुक्षेत्र (लघुकथा)
  • डोली चढी रमाउँदै
  • बादलपारीको गाँउमा
  • दुधे बच्चा छोडेर
  • गजल
  • गजल (जोडी जोडी चार कुना)
  • अहँ, केही छैन खोट यो मनमा
  • केही टुक्राहरू
  • दुरगामी उपाय
  • सुकेको पात हुँ म
  • फोन इन लभ
  • जिउने रहर छँदाछँदै
  • जिन्दगीको गोरेटोमा सधैं सुन्य हात लाग्यो
  • लोरा बनी सधैँभरि (तीन मुक्तक)
  • गरीबको जिन्दगी
  • तीन मुक्तकहरू (म, हुन्छ र, भन्यौ)
  • नयन भरि'
  • पाँच मुक्तक (हिन्दू दर्शन)
  • मखमली माला - उनेको थिइन
  • अभिषेक स-सम्मान ! ५०० पूर्णाङ्की मधुपर्कलाई यो !!!
  • नेपाल फर्किने बेलामा
  • सबैले चिनिएको मान्छे त्यो
  • बाह्र हाइकु (कस्तो जमाना)
  • कोरोनाले जलिरहेको आत्मा
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित