Skip to content


चर्किएको थियो मुटु फुटाएर गयौ किन?
गन्तव्यमा नपूग्दै हात छुटाएर गयौ किन?

तिमीले छातीभित्र छुरा हान्या भए सही दिन्थे
भाडाका गुण्डा बोलाई कुटाएर गयौ किन?

एकअर्काको अंगालोमा बिलाउने सपना थियो
आज सारा सपनाहरू टुटाएर गयौ किन?

सुटुक्क भन्नु सक्थ्यौ माया गर्दिन म भनी
त्यति भन्नलाई त्यत्रो भीड जुटाएर गयौ किन?

सति साबित्रीको नाटक गर्नु नै थियो भने
मसँग आफ्नो जोवन लुटाएर गयौ किन?

Leave a Reply

Your email address will not be published. Required fields are marked *