Skip to content

मनका वेदनाहरू


मनका मेरा वेदनाहरू कसरी पोखुँ तिमीलाई
ढल्पलाएका यी नयनले कसरी हेरुँ तिमीलाई

तिमी थियौ र म थिएँ सपना थियो सुन्दर सुन्दर
ओझेल भयौ आँखाबाट कसरी देखुँ तिमीलाई

पीडा लुकाई हाँस्न सिकें रमाउन जाने तिमीबाटै
छायाँसरी विलिन भयौ कसरी खोजुँ तिमीलाई

खुसी सारा दिई मलाई खोसेर लग्यौ फेरि किन रु
सवाल गर्छ यो मन सधैं कसरी सोधुँ तिमीलाई

तिमीसँगै जोडिएको मेरो सानो संसार थियो
भताभुङ्ग पारी छोडी गयौ कसरी भेटुँ तिमीलाई

आँशु पिई हाँसिरहें तिम्रो शीर नझुकोस भनी
गलत बाटो हिंड्दै छौ रे कसरी रोकुँ तिमीलाई

हाल:नेपालगंज

Leave a Reply

Your email address will not be published. Required fields are marked *