Skip to content

लैजा चरी मेरो खबर

  • by


कुरा सुन्छु नानथरी गाँठो पर्छ छातीभरि
बह पोख्ने ठाउँ छैन बसेकी छु बाटो हेरी
लैजा चरी मेरो खबर जहाँ होला उसको शहर

हातमाथि हात राखी देवी देउता सबै भाकी
लाएको त्यो चोखो माया कतै बिर्सिदिने हो कि
मुटु काट्छ सधैं ठनन एकनास साँझ सबेर
लैजा चरी मेरो खबर जहाँ होला उसको शहर

चुरा पोतेसँग खेल्न बाँकी नै छ डोली चढ्न
उसको आँखाभित्र आफ्नो रमाएको रुप हेर्न
थाहा नपाई मेरो रहर हुने हो कि बाँझो बगर

शब्द – दिनेश अधिकारी
स्वर – योगेश्वर आमात्य
संगीत- न्हू बज्राचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *