Skip to content

कवितायां सुधा नास्ति


नास्ति छन्द : कला नास्ति नास्ति लालित्यमेव च
कवितायां सुधा नास्ति पश्यातङ्कं भयावहम् ।

अलङ्कारोपमा नास्ति नास्ति काव्यस्य चेतना
कवितायामुषा नास्ति पश्य ध्वान्तं भयावहम् ।

भाषायां नास्ति माधुर्यं रसानि न च कानिचित्
कवितायां प्रभा नास्ति पश्य भारं भयावहम् ।

सौन्दर्यँ नास्ति शब्देषु भाषाया : गरिमा कुत :
कवितायामृतं नास्ति ह्यभवत् किम् भयावहम् ।

नरेन्द्र पराशर

http://www.narendraparasar.blogspot.jp/2014/02/blog-post.html

7 thoughts on “कवितायां सुधा नास्ति”

  1. मित्र
    पराशरजी यो तपाइँकै रचना हो कि अरु कसैको हो । उत्तर दिनुहोस् है ।

  2. मित्र होम सुबेदी महोदय: इयम्
    मित्र होम सुबेदी महोदय: इयम् मम रचना अस्ति ।

  3. होमजी,
    होमजी, यो रचना नरेन्द्रजी आफ्नै हो । वहाँ यहाँ उत्तर दिँन खोज्दा पोस्ट हुन सकेनछ । खबर आएकोले यहाँ जानकारी दिएको हुँ ।

    1. हजुर
      जसरी भए पनि उत्तर पाएँ बडो खुसी लाग्यो । मैले उत्तर पाएको लगभग यति नै हो ।
      म भने सबैका सामग्री पढेर प्रतिक्रिया पनि दिन मन गर्छु र तर तपाइँका कुनै पनि असल पाठक रहेनछन् भन्ने मेरो मनमा परिसकेको छ । अनि स्तरीय पाठक र लेखक पनि रहेनछन् भन्ने पनि लागेको छ । अरुका सामग्री नै नपढ्ने र आफ्नै मात्र पढाउनेको कुनै अर्थ रहन्न मैले यसमा प्रकाशित गरेका कुनै पनि सामग्रीको कुनै रेस्पोन्स नहुनु भनेको कि त म यिनलाइ सुहाउँदिलो भइन कि यी मेरा लागि सुहाउँदिला भएनन‍् भन्ने लाग्न थालेको छ । अति भने भने क्षमा गर्नुहोला है ।

      1. परासरजीको कविताको अर्थ
        होमज्यू,
        परासरजीलाई नेपाली भाषामा सोधिएको प्रश्नको उत्तर संस्क्रित र अंग्रेज़ी भाषामा दिनु भएको रहेछ । सुनिलजीले परासरजीको कविताको नेपाली भाषामा अर्थ सोध्नु भएको छ । प्रश्नको उत्तर दिंदै गर्नु होला नै ।
        परासरजीको कविताको अर्थ मेरो सानो ज्ञानले निम्नानुसार लगाएको छ । परासरजीसँग विनम्र अनुरोध गर्दछु । अनुवाद र छन्दसमेतमा कहॉ केके त्रुटि छन् ? अर्थ ठीक छ/छैन ? छैन भने के हो ? क्रिपया, जानकारी पाउँला कि ?

        परासरजीको कविताको अनुवाद

        कवितामा मिठास छैन

        छन्द छैन कला छैन, लालित्य पनि छैन नि ।
        कवितामा मिठास् छैन, हेर्नै मन नलाग्ने नि।

        छैन कत्ति अलङ्कार , छैन नि काव्य चेतना ।
        कवितामा उषा छैनन् ? कर्ण कटु छ सुन्नमा ।

        माधुर्य छैन भाषामा, रस पनि सुके छ नि ?
        छटा छैन नि उज्ज्वल , कविता भन्न मात्र नि ।

        शब्द सौन्दर्य भेटिन्न , भाषा महत्व हीन छ ,
        मिठास नभएको त्यो, कुरूपको कविता छ ।

        पद्मराज काफ्ले
        [email protected]

    2. सुनिल पाैडेल

      यसलाई नेपाली भाषामा अर्थ
      यसलाई नेपाली भाषामा अर्थ लगाई दिनु हुन्याे कि कविज्यु ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *