चर्को घाम पर्छ अनि मलाई सम्झन्छौ
जब काम पर्छ अनि मलाई सम्झन्छौ
कहाँ रहन्छौ,अरुबेला अलपत्रै हुन्छौ,
दु:ख लाम पर्छ अनि मलाई सम्झन्छौ
औकातभन्दा आँट ठुलो कहाँ पूर्ण हुन्छ?
बढ्ता दाम पर्छ अनि मलाई सम्झन्छौ
सुख बाड्छौ अरु सामु दु:ख मेरो जिम्मा,
आँशु नाम पर्छ अनि मलाई सम्झन्छौ
भेटे पनि नदेखे झैँ तर्किएर हिड्छौ,
साथ हराम पर्छ अनि मलाई सम्झन्छौ
तिम्रा स्वार्थी साथहरू के-का लागि म मा?
धोका आम पर्छ अनि मलाई सम्झन्छौ ।
-बिक्रम अर्पण
पाँचथर हाल-मलेशिया
http://writingnepal.com/articles/चर्को-घाम–gazalगजल/877327