Skip to content

घर छेऊमा दशैं

DSC00282

तारा मण्डल छानो
उफ् फेरी आयो दशैं ।
भित्ताका झिगटीहरुले
दशैं हेरिरहदा
म भने खाली पेट
मस्त निन्द्रामा थिए
बानी परेकोले ।
दशैं मलाई जिस्क्याउँछ
र भन्छ म आएँ
फेरी आएँ
मेरो फाटेको भाग्य जस्तो
मंैलो पाईजामा
जडेउरीमा पाएको
थाङ्नाहरु
र छातीमाथि घोचिरहने
दारे साहुँको ऋण
हरेक दशैंसँगसँगै
मेरो घर छेऊ

आउँछन् र मेरो मस्त निन्द्रा
भङ्ग गर्छन् ।।।
जब्दी ६, हरिभवन, सर्लाही
हालः विराटनगर
असोज २२, २०७०

Leave a Reply

Your email address will not be published. Required fields are marked *