Skip to content

क्या मोज म पनि अब कवि रे


खै के लेखु ? खै के कोरु ?
आफैमा अपूणः र आफैमा अपरिभाषित छु म !
त्यस्तो मद्वारा केरिएको यस खेसो्को के अर्थ,
अनि के महत्त्व यसको बख्यौतापूर्ण सार्थकताको ?

तर
तर
वास्तविकताको धरातल मेरो सोचाइको परिधिभन्दा धेरै पर रैछ !

मेरा लेख प्रतिको मेरो अन्तरकृया
अनि उनीको यसमाथिको प्रतिकृया,
दैव सन्जोग
ठ्याक्कै उल्टो, क्या नमिल्ने

आखिर झुटो नै सही
नभन्नु भन्दी हालिन्,
नगन्नु गन्न्दी हालिन्,

अन्तत:
मेरा यी खेस्स्राहरू चाहि कविता हुन् रे
अनि म चाहि एक झुत्रे कवि

सुन्यौ साथी ।
क्या मोज अब मपनि एउटा कवि रे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *