मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
शिक्षा र गुरु
editor — Sun, 02/09/2014 - 09:01
गुरु भनेको के हो ? गुरु कस्तो हुनु पर्छ ? ब्यक्तिको जीवनमा गुरुको स्थान कस्तो हुन्छ ?
मैले यसरी प्रश्न उठाएर कुनै खास एक विषय पढाउने गुरुको चर्चा गरिरहेकी छुइन। म यस्ता गुरुको कुरा गरिरहेकी छु, जुन जीवनको मार्ग दर्शन हुन्छन् । जसको सम्बन्धले र वाक्यले मानिसको जीवनलाई नै परिवर्तन गरिदिन्छ । जसको करुणा वा संगत, सम्बन्धले जीवनको यात्रामा महत्व पूर्ण मोड ल्याइदिन्छ । अन्धकारको भयबाट उज्यालोतिर डोर्याउदै जसले नयाँ जीवन प्रदान गर्दछ । सही र गलतको पहिचानबाट मानिस भित्रको अज्ञानता, अहमता हटाउदै जसरी अँध्यारोमा राखिएको डोरीलाई सर्प भनेर मृतु हुने डर भै थर्थर हात खुट्टा काप्दै मुटु चलन नसकेको अवस्थामा ज्ञान रुपी दियोको सानो प्रकाशले यथार्थलाई औल्याई आँखा उघारिदिँदा निर्धक्क हुन्छ मानिस । हो त्यस्तै ज्ञानी जसले अन्धकारबाट उज्यालो प्रकाशतिर लमाउने गुरुको कुरा गर्दै छु म । जब म यी सानो कमलका मुनाहरूलाई गुरुसँगै जिम्मा लगाएर परदेशिन बाध्य भए त्यो अवस्थामा मेरो दुई मुटुहरू यस्ता थिए अनि उनीहरूलाई मेरो सम्झना यसरी दिन चाहे ।
अहिलेको अवस्थामा साच्चै तिमी त अब बाबु परदेशी पनि भैसकेका छौ । अध्ययन गर्ने अवसरमा धेरै किसिमको अनुभूतिहरू गर्ने क्रममा, दुख, दर्द, पीडा कष्ट, अनेकौ आइपर्ने अवरोधहरूको सामना गर्नु पर्ने हुन्छ त्यो बेला तिमीले त्यस्ता गुरुको बारेमा के विचार गरेका छौ त ?
हेर बाबु हाम्रो, गाउँ घरमा धेरै यस्ता पनि छन्, जसले विभिन्न किसिमका फोटोहरूलाई गलाको हार बनाएर झुन्ड्याउदै हिड्ने गर्दछन । कोही कसैको किताब पढेर आफूलाई शिरोधार्य गर्दछन र त्यै नै आफ्नो जीवनको लागि सम्पुर्ण सत्य, कुरा हो भनेर सोच्ने गर्दछन अनि आफ्नो सबै प्रश्नको जवाफ त्यसमा मात्र सीमित छ भनी खोज्दछन ।
मैले त यस्तो पनि देख्ने गरेका छु बाबु, कोही शिष्य अरु गुरुलाई एक पैसाको पनि ठान्दैन्न । यस्ता अनगिन्ती हजारौ लाखौ व्यक्तिलाई आफैले मात्र सत्य थाहा पाएको भनेर प्रभावित गर्न खोज्ने, आफूमामा मात्र सम्पूर्ण कुराको ज्ञान र मोक्ष भण्डार पाएको छु भनेर दाबी गर्ने गुरुहरू हुदा हुदै पनि फेरि पुनः गुरुहरू कसरी र किन जन्मेका हुन् त ? भन्ने कुरालाई तिमीले अलिकति पनि भित्री आत्मादेखि महसुस गरेका छौ त ? विचार गरेर हेरेका छौ त ? अनि तिमी त्यस्ता गुरुहरू मध्ये कसैका अत्यन्त प्यारा छौ कि बाबु ?
शिक्षाको क्रममा साच्चै निर्धक्कले भन्नु पर्दा म भने एउटा मात्र गुरुको फ्यान कहिल्यै हुन् सकिन ।
मैले त जहिले पनि गुरुहरूलाई एउटा स्वच्छ हावा प्रदान गर्ने झ्याल र त्यहाबाट टाढा टाढा आँखाले भ्याउँञ्जेलसम्मको दुरीबाट देखिन दृश्य अनि, बिभिन्न आकृतिहरूलाई मनन गराउने झ्यालको रुपमा लिने गरे । किनभने जसरी सीमित ज्ञान र आग्रह्हरूको पर्खालभित्र बाँचिरहेको बेला कोठाभित्रको चार पर्खालबाट घेरिएको कुठित मन भएर अँध्यारोमा रुमलाइरहेको मानिसलाई झ्याले त्यस पर्खालभित्रबाट घेरिएको अँध्यारो कोठालाई बिहानको सूर्यको उज्यालो प्रकाश त्यस झ्यालको खापा खोल्दा घरभित्रको रौनकता, दिएको न्यानो अनुभूति र त्यहाँबाट देखिने पर्खाल बाहिरको ठुलो संसार हेर्न सधाइरहेको हुन्छ, त्यसै कारणले होला मानिसको जीवनमा गुरुको महत्वपूर्ण भूमिका भएको हो ।
हेर बाबु जसरी हामी झ्यालको नजिक जान्छौ अनि दृश्यहरू पनि फराकिलो रुपमा देखिदै गएको पाउछौ, हो ठिक त्यसै गरी गुरुहरूको आत्मीयता, र उनीहरू सँगको नजिकपनले तिमीहरूलाई बुझ्न र देख्न सक्ने सत्यको दायरा फराकिलो भएर आएको पाउनेछौ । तर कुनै एउटा झ्यालबाट एउटा पल्ला उघारेर हेर्दा वा एउटा झ्यालबाट मात्र अबलोकन गर्न खोज्दा चारै दिशाको दृश्य अवलोकन गर्न सकिदैन । के त्यो चारतिरको पर्खालबाट घेरिएर बनेको घरभित्र चारै कुनाको दुनियाँ देखिन्छ र ? के एउटा कुनाको झ्याल खोल्दा सबै कोठामा उज्यालो प्रकाश आउछ र ? झ्यालको त सीमित दायरा हुन्छ नि हैन र ? । हैन भने एकपल्ट आफ्नै घरको झ्यालबाट विचार गरेर हेर त ? के पूर्वबाट देखिने झ्यालको अबलोकन तिमी पश्चिम झ्यालबाट गर्न सक्छौ त ? त्यस्तै उत्तरबाट हेर्ने झ्यालको दृश्य तिमीले दक्षिणको अवलोकन गर्न सक्छौ त ? के घरको एउटा झ्याल मात्र खोल्दा सबै कोठामा उज्यालो प्रवेश गर्छ त ? हो यदि तिमीलाई चारै कुनाको दृश्यको अवलोकन गर्नु पर्दा ती चारै दिशामा पुग्नु र सबै कोठामा उज्यालो बनाउन चारै दिशाको झ्यालको खापा खोल्न आवश्यक र अनिवार्य हुन्छ हैन त बाबु ।" त्यसैले मलाई किन किन गुरुहरू पनि त्यस्तै लग्ने गर्छ बाबु । तिमी त्यो सानो झ्यालबाट मात्र बाहिरको दुनियाँलाई चियाउन हैन, कसरी मानिसले बाच्नु पर्दो रैछ, अनि के कस्ता गुरुहरूको जीवनमा आवश्यक पर्छ भनेर अध्ययन गर्न संसारलाई त्यही साँगुरिएको प्रकाशले मात्र सीमित नरहेर त्यो दुनियाँमा पुगेका छौ । जहाँबाट तिमीहरूले संसारलाई खुल्ला सामुद्रिक किनारबाट महसुस गर्दै आफ्नो जीवनलाई मानवको परिचय र शिक्षाको महत्व दिन उदाहरणीय हुने प्रयासमा लागि परेका छौ र पनि कहिल्यै एउटा गुरुको भरमा नपरे बाबु ।
कहिलेकाहीं एउटा गुरुको भरमा मात्र पर्दा कतै दुर्घटना पो हुने हो कि ? जीवन अन्धकारमा पर्ने पो हो कि ? हेर मलाई कहिलेकाहीं यस्तोसम्म लाग्छ - कुनै गुरुको शिक्षा लिने क्रममा त्यही ज्ञानभित्र मात्र निहित हुदा अनि झ्यालको नजिकै पुगेर सिसा नजिकैबाट हेर्दा, लेग्रा लेग्री लागेको देखिन्छ, अनि कुना कानिमा भएका फोहोर, घुलोहरूले वाक्क लाग्ला झैँ मनलाई बस्न नसक्ने बेचैन बनाउछ । हो, त्यसै कुनै गुरुको अति नजिक पुग्दा उनीभित्र रहेको मानवीय कमजोरीहरूलाई तिमीले देख्न सक्नेछौ र महसुस गर्न सक्नेछौ । जसरी कहिलेकाहीं अति नै घुलमिल गरेर नजिकै बस्न पुग्दा काखी हवास गनाउँन सक्छ । यस्ता गुरुको कमजोरीहरूलाई यदि तिमीले महसुस गर्न पुग्यौ भने त्यो तिम्रो गल्ती अवश्य हैन । किनकि कुनै एक मात्र गुरुलाई सफा, कञ्चन, निर्मल र पूर्ण देखेर उनैलाई मात्र संसारको पुज्य ठान्ने र एउटा झ्यालको कुनाबाट नै संसारको अवलोकन गर्छु भन्ने आशामा अल्झिएर बसेका मानिसहरू जब गुरुको अति नै नजिक पुग्छन र त्यहाँबाट खुर्मुरिएर सिँढीको माथिबाट चिप्लिएर लड्न सक्छन त्यस्ता कयौ घटनाहरू मैले आँखाले देखेकी छु, अनि सुनेकी छु । तर यहा बाबु मैले कुनै गुरुलाई शंका, अनस्था गरेर अपमानित गर्न खोजेकी पनि हैन, किनभने गुरुहरू भनेको त आदरणीय हुन्छन, सम्मानीय, हुन्छ, अनि हुनु पर्छ । गुरु भनेको पुज्यनीय र प्रिय हुन्छन ती झ्यालहरू झैँ जसले स्वस्छ हावा प्रदान गर्दै हामीलाई जीवन बाच्न केही राहत दिएको हुन्छ । जसरी घर बनाउदा जति महत्व झयालको हुने गर्दछ । त्यस्तै हाम्रो जीवन वा हर मानव प्राणीको जीवनमा शिक्षा दिने गुरुको महत्व हुने गर्दछ । तर पनि बाबु संसारभरिको यथार्थ र सत्यता थाहा पाउन कुनै एक गुरुको माध्यमबाट सम्पूर्ण कुरा प्राप्त गर्न सम्भव छैन।
आजको आधुनिक युगमा दिनानु दिन नयाँ नयाँ चुनौती आउने गर्दछन । मानिसको जीवनको मोल थाहा पाउन रातमा सुतेको मानिसले बिहान उठ्दा आफूलाई धन्य ठान्ने गर्दछन । किनकि राति सुतेर उठ्दा संसारमा अर्कै अन्य सत्य घटनाहरू घटिरहेको पाइन्छ भने एकै समयमा ज्ञान प्राप्तिका लाखौ यात्राहरू सँगसँगै धेरै कुराहरू जान्ने हुन्छन । त्यसैले बाबु हिजो आज त नौलो किसिमका परमाणु तथा आयमहरू देखा परिरहेका छन, अनेकौ किसिमका परमाणु हरियारहरू देखापर्ने, लगायत संसार हेर्न, काला, संगीत, सुन्न, नयाँ टिभीहरूमा आउने नयाँ कुराहरूको बारेमा जानकारी प्राप्त गर्न, ज्ञानका सत्संगको विषय मात्र नभएर प्रत्यक्ष जीवनमा अनुदित र आचरण, काला इत्यादिको ज्ञान हुनु पर्ने आवश्यकता पनि हुन्छ भन्ने मैले महसुस गरेको छु त्यसैले बाबु कुनै एउटा गुरुको मात्र शिष्य भएर त्यो सबै कुरा प्राप्त हुन् के सम्भव छ र ?
- 1707 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
1 day 18 hours ago - आभार
2 days 14 hours ago - बहुत खुब कहिल्छि ।
5 days 13 hours ago - आभार प्रकट गरे
1 week 12 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 14 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 1 day ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 1 day ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 1 day ago - एकदम सान्दर्भिक
1 week 1 day ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 1 day ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- विद्यार्थी हुँ म
- जन्मदिनको शुभकामना
- मिथिलाक किसान
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- छोरीको जन्मदिनको शुभकामना
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- शुभ दिन बिहानीको
- कोरोना भाइरस
- हाम्रो बारेमा
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- गजल ( बिर्सिएको छैन आमा )
- यसै गरी मिलोस तिम्रो माया
- देशभक्त हुँ म
- महलकी रानी
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- प्रेम पाप होइन
- पुराना कुरा
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- अहिलेको दशै
- म पानी हुँ
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- कुकुर
- मैले कविता लेख्नै बिर्सेँ
- शुरुशुरुमा
Last viewed:
- मन परेको मान्छे भेटिन्छ
- यो नेपाली शीर उचाली
- भुइँमान्छेका छायाँहरू
- पाईताला
- जानु छ धेरै धेरै टाढा तिमी र म
- हाइकु लेख्ने तरिका:
- मेरो माया
- विभक्ति वा अनुसर्गलाई शब्दबाट अलग लेखौं भन्नेलाई उत्तर
- शहीदहरुको सम्झनामा
- क्यालगरीले साहित्य गोष्ठी गरी भानु जयन्ती मनायो
- धोका दियौ तिमीले
- नयाँ साल
- खीर
- सदैव अंगालोमा राख्न सक्दिन प्रिय ...
- केही हाइकुहरू
- ठाम देखिएन
- देउसिरे !
- रमाइलो गाउँ
- पत्थरलाई देउता सम्झी पुजेपछि यस्तो भयो
- बन्द हड्ताल नेतालाई
- तिमी बिनाको जिवनमा
- घरायसी कामकाज
- गिलासहरू रित्याएर
- चारिटा मैथिली हाइकु - ५ (बरक गाछ)
- युग उचाल्ने अक्षरकर्मीको अवसान
- विवश कुमारी/विवश आकाश
- शौक, उर्दू साहित्य र नेपालगन्ज
- जो भन्छ बोल्छु म यहाँ
- अन्तिम पटक मुहार हेर्छु भेट्न आऊ प्रिया
- गयो भत्ता पचायो
Post new comment