उसले फेरि आज बत्ती जलाएर गयो,
थाकेको बेला फेरि आज गलाएर गयो ।
बिर्सदैथे ती खतहरू पुराना चोटका,
आयो कोट्यायो अनि चलाएर गयो ।
बल्लतल्ल विश्वासले उभ्याएथे आफैलाई,
आयो घात गर्यो अनि ढलाएर गयो ।
उसै पनि रोगी नै थिए म पहिलेदेखि,
यस पटक झन दिर्घ रोगी बनाएर गयो,
फलको आशा मारिसकेथे जिन्दगीमा,
ऊ आयो अनि निराशा फलाएर गयो ।।
मकर वियस
जब्दी ६, हरिभवन, सर्लाही
२०७०/७/२४
www.makaronline.blogspot.com