Skip to content

पल्लो घरे साईलीले मेरो घर फोरी अस्ती

पल्लो घरे साईलीले मेरो घर फोरी अस्ती
ए ! लाहुरे दाई, डर लाग्छ जाऊन गस्ती ।

माया लाग्यो घरमा राखे, सवै काम गर्थी
मौका छोपी लुटेर अहिले गर्दै छे रे मस्ती ।

मेरो त सर्वस्व हर्योर, केही छैन बाँकी
सम्पतीको नाऊमा बाँकी छ एउटा किस्ती ।

मेरो त अँधकार भयो, घरआँगन दाई
ऊ हेर्नुस् त झिलिमिली छ उसको बस्ती ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *