Skip to content

फुल्दै थियो कोपिला यो, बचाउने माली छैन
फूल को नि के अर्थ भो, सजाउने माली छैन

उमङ्गमा मिठो धुन सङ्गै, रम्ने ठुलो धोको थियो
साथमा बासुरी त थियो तर , बजाउने माली छैन

ना-ना थरि बात लगाई, दोष मात्र लगाउने यहाँ
छिनो फानो गरी न्याय, दिलाउने माली छैन

मनमा रहरहरु सङ्गालेर पनि, बाध्यता त उस्तै-उस्तै
चौरासी ब्यन्जनको के अर्थ, खिलाउने माली छैन

अनुरागी कोही भएन, सधैं एक्लो रह्यो बिवश
माया ममता जिन्दगीमा, भिजाउने माली छैन

– ©करन बिवश ।
रचना मिती :- २०६२-०४-२५ गते [बैतडी]

Leave a Reply

Your email address will not be published. Required fields are marked *