Skip to content


नेपाल आमा तिम्रो मुहारमा, हासो देख् न पाए हुन्थ्यो
तिम्रै नाममा गीत गजलहरू, सधैं लेख् न पाए हुन्थ्यो

अँझै उस्तै छन नेपाल आमा, यो भूमिमा अग्नि रापहरू
दु:ख पीर जति सारा तिम्रा, यी हातले छेक्न पाए हुन्थ्यो

आमा तिमीलाई रुवाउने, बैरी लागि परेका छन चारैतिर
यी बैरिलाई सधैंका लागि, पर-पर खेद् न पाए हुन्थ्यो

हे नेपाल आमा तिम्रै न्यानो, स्पर्शमा बाची जिन्दगी भर
तिम्रा मन भित्रका आन्तरिक वेदना, सारा मेट्न पाए हुन्थ्यो

बैरी माथि प्रतिकार गर्दा चोट खाई, आधी हुरी चल्दा जीवनमा
आमा तिम्रा न्याना हातहरूले, यो आत्मा सेक्न पाए हुन्थ्यो

२०७० श्रावण २५ गते शुक्रबार नागरिक पश्चिमेलीमा प्रकाशित गजल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *