Skip to content

मसँग लाएको माया


मन बिसाउने चौतारीको बरको हाँगा भाँचिएछ
मसँग लाएको मायाँ अर्कैसँग साट्दिए छ

झलमल पूर्णिमाको रात पनि बाद्लूले ढाकिएछ
साथ दिन्छु भन्ने मायाँ पनि आज कतै टाढिएछ

बिहानीको किरणसँगै आकाश पनि फाटिएछ्
धारैधारको मायाँसँगै यो मन पनि काटिएछ

मायाँ पाउने बजारैमा मेरो मायाँ पनि साटिएछ
धैरै मायाँ दिंदा उनी थाहा नपाई मातिएछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *