Skip to content

झ्वाम्मै हाम नफाल्नु है


झ्वाम्मै हाम नफाल्नु है जिन्दगी विगार हुन्छ
हजारमा एकमात्र जहाँ वफादार हुन्छ

माया लाउनु अघि होश पुर्याएस है
जालमा पार्नेहरूको वहाना हजार हुन्छ

वैंशले मात्तिएर उम्लिन्छौ आफूखुसी पोखिन्छौ भने
इच्छामात्र जनाइ हेर जोगी पनि तयार हुन्छ

मायाको त्यो आवेगमा नताप्नु आगो तापेमा
सुन्दर त्यो जीवन जलेर अङ्गार हुन्छ

यसैलाई शिक्षा लिनु भाको अस्मिता जोगाउनु
मात्तिएर उफ्रयौ भने एकदिन हार हुन्छ ।

© मानन्धर अभागी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *