Skip to content

तिम्रो भगवान् !

बग्रेल्ती राता टिकाहरुमा
उच्च्चायुको कामना संग लाम लागेर
कामनाको गीत गाउदै
शंख घण्ट त्यो अलौकिक धुनमा
भजन हरु दिर्घायुको अन्तर आत्मामा छापेर
ढोल र नगरा अनि पन्चे बाजा हरुमा
सोरठी दोहोरी अनि लोक लय र श्लोक हरुमा
मन्दिर अनि चौर र गल्लि हरुमा
रातै चुरा रातै रंगिन कामनाका लाम हरुमा
आँफुलाई ढालेर स्वर्ग बाडदै छौ
आँफुलाई मासेर इश्वर देख्दै छौ
तिम्रो सहपाठिमा तिम्रो रथको अर्को पाङ्ग्रामा

बिश्वासको आग्लोको चुकुल फुस्कि सक्यो

विश्वासको लगामले करेली चुकी सक्यो
तिमि अझै मद् मस्त लोक लय हरुमा
संसार खोसेर त्यो तिम्रो बरदानको
सेकुवा पसल हरुमा अट्टाहास संगै
केबिन बार र डिस्को थेक हरुमा
तिम्रो इश्वर बियरका बोतल संग
अनि ह्विश्की का गिलास हरुमा
तिम्रो आराधनाले उभ्याइरहे छ
ठिंगीन सकिरहेछ लर्वराउदै
अब तिमीले ब्युझनु पर्छ
तिम्रो भगवान् तिमीले सुधार्नु पर्छ
तिम्रो भगवान् तिमीले पुजा गर्नु पर्छ ?

=======================

Leave a Reply

Your email address will not be published. Required fields are marked *