Skip to content

मन के बादल हो ?


मन के यो बादल हो
घरीघरी स्वरुप
बदलिरहने
मन के यो बादल हो
चन्चल भै
यताउती कुदिरहने
मन के यो बादल हो
अस्थीर बनी
कहिले लुक्ने
कहिले निस्कने गरिरहने
मन के यो बादल हो
कहिले गर्जने त
कहिले शान्त कुदिरहने
मन के यो बादल हो
कहिले सेतो त
कहिले कालो बनी छकाइरहने
मन के यो बादल हो
कहिले पानी त
कहिले असिना बर्षाउने ?

1 thought on “मन के बादल हो ?”

  1. चञ्चल चञ्चल मन हाम्रो बादल
    चञ्चल चञ्चल मन हाम्रो बादल हुन सक्छ ।
    बादल वर्षे जसरी नै मन रून सक्छ ।

    एकल यात्री

    http://merosirjana.blogspot.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *