Skip to content

भन्छन् आकाश


भन्छन् आकाश, जुनसँगको नाता छ
म भन्छु धरती, सुनसँगको नाता छ

छुट्याउनै गार्हो भयो,कस्तो बिडम्बना
भन्छ कसले, कुनसँगको नाता छ

हस्तक्षेप छिमेकीको,सह्यौ दिनानुदिन
ठान्थौ संगीत, धुनसँगको नाता छ

चुकाउनुपर्ने बदला,कस्तोसम्म हुन्छ
पोहर लगाएको, गुनसँगको नाता छ

उनी मेरै थिइन, त्यसैले अँझै भन्दैछु
यो दिवाकरको, खुनसँगको नाता छ ।

© दिवाकर भट्टराई

Leave a Reply

Your email address will not be published. Required fields are marked *