Skip to content


हल्लै हल्ला सँविधान, बन्दैन भन्ने चल्छ नेपालमा
कुन्नि किन हरेक दिन, सरकार ढल्छ नेपालमा

चर्का-चर्का स्वरहरूसँगै, बिरोध गर्दै एक अर्काको
सडकमा वर देखि परसम्म, टायर मात्रै जल्छ नेपालमा

गणतन्त्र को लहर छायो रे, गजब को छ यो परिबेश
नयाँ नेपाल को उपहार, महङ्गी नै मिल्छ नेपालमा

भ्रष्टाचारीको जमात उस्तै छ, उहिलेदेखि अहिलेसम्म
ठुला बडा को दिन चर्या, हान थाप मै बित्छ नेपालमा

साच्चै पाए मौका पिए देखि, सुरक्षा गार्ड नियुक्ती गर्दै
पहुच भएकै मान्छे अचेल, गोजी भर्छ नेपालमा

रचना मिति :- २०६९-१२-०१ गते धनगढी, कैलाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *