Skip to content

कविता शृंखला (दुख : ०४)


दुःख हावा जस्तो हो मेरो लागि
दुःख हावामा पनि
प्राणवायू अक्सिजन जस्तो हो मेरो लागि
यसलाई सजिलै स्वासको रुपमा लिदिन्छु ।

अक्सिजनको स्पर्शले
नासिकाद्धारदेखि शरीरका प्रत्यक तन्तुहरू
तन्तुभित्रका प्रत्यक सेलहरू/कोषहरू
जसै बन्छन् सक्रिय र जीवनशील
तसैतसै दुःख बनेर वायु
मेरा नासापुटमा ठोकिन्छ
अनि म जीवन्त
झन् जीवन्त हुँदै हुँदै जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *