Skip to content


पद्म र म फुटपाथमा निश्शब्द हिँडिरहेका छौँ । मनभित्र उफान छ- परिवेशको, अकर्मण्यताको । सडक लमतन्न तेर्सिएको छ- ट्राफिकको उछिनाउछिन भेलको गतिमा, यान्त्रिक ध्वनिमा । ती सबैको अनिच्छित सापेक्षताबाट पन्छिन हामी एउटा चिया पसलभित्र पस्छौँ । निरपेक्ष रहन केही क्षणः निश्शब्द ः

शब्द प्रस्तावः

पद्म भाइ, चिया पिऔँ एक, एक कप ।

साउनी दुई कप चिया ।

शब्द तत्परताः

कान्छा ! ए कान्छा ! एक किलो चिनी किनेर ल्याऊ त झट्टै ।

कुर्सीमा बस्दै निश्शब्द म !

चिनी गुलियो हुन्छ । गुलियोमा मिठास हुन्छ । त्यो मिठास जीवनमा हुनुपर्ने । कान्छाले चिनीसँगै जीवनको मिठास किनेर ल्याउन सक्ला ?

अघिल्तिर बस्दै शब्द ऊ -पद्म) ः

के लेख्दै हुनुहुन्छ आजकाल ?

शब्द म तत्क्षणः

चिनी Û चिनीको जस्तै मिठास – जीवनमा । लेख्नुपर्ने त यही हो ।

आल्हादित हुँदै शब्द ऊः

र म कान्छा भएर, कान्छासँगै चिनी किन्न जानुपर्ने बजारमा । जीवनको मिठास किनेर र्फकनुपर्ने

शब्द ऊ र म दुवै उन्मुक्त, हाँसोमा ः

हा…हा…हा… ।

………..

सँगैको टेबुलबाट एक उत्सुक शब्दः

एक किलो मिठासलाई कति पर्ला ?

अर्को टेबुलबाट एक प्रबुद्ध शब्दः

एक किलो हैन, एक थोपा मिठासको मोल अन्दाज गर्नोस् ।

शब्द म ः

स्वागत छ । आगन्तुक शब्दहरूलाई ।

शब्द ऊ मीठा छन् शब्दहरू । चियामा चिनी नहाले पनि भो ।

शब्द बुद्धः

टर्रो चिया मीठो शब्द घोल्ने । प्रयोग नै हुने भो Û एउटा यथार्थ, अर्को सपना ।

शब्द उत्सुकः

जिन्दगी आफैँमा एउटा सपना मात्र होइन र ?

अलिपर केही खासखुस शब्दहरूः

-तिनीहरू दार्शनिक जस्ता देखिन्छन् ।

-हैनन्, दार्शनिक हैनन् सन्काहा हुन् ।

ती शब्दहरू यता आइनपुग्दै आफैँमा अलप हुन्छन् ।

शब्द उत्सुकः

मिठास के हो ः

शब्द प्रबुद्ध तत्काल ः

मिठास मृगतृष्णा हो । दार्शनिक प्लेटोको युटोपिया हो । सत्ययुगको किंवन्दन्ति हो… । मिठास कान्छाले चिनीसँगै किनेर ल्याओस् भन्ने चाहना मात्र हो ।

शब्द उत्सुकः

अर्थात् त्यो कान्छाले बजारमा चिनी पाउने छैन ।

शब्द ऊः

अर्थात् जीवन मीठो हुँदैन ।

निःशब्द पाश्र्वभूमिमा शब्द शृङ्खला तैरिँदै, गासिँदै हाम्रो वरिपरि रुमलिरन्छ र हामीसँगै निःशब्द बसिरन्छ, यसैबीच बाहिर सडकका शब्दहरू हल्ला बनेर क्रमशः प्रवेश गरिरहन्छन् ।

प्रवेशी शब्दहरू आ-आˆनो धुनमाः

-भोक लागेको छ यार

-यसपालि पक्कै अनिकाल पर्छ ।

-तँसँग बन्दुक छ ?

-अब गिद्ध रमाउनेछन्

-हैन, सरकार छ कि छैन यो देशमा ?

-देश चाहिँ छ कि छैन खोज्नुपर्छ ।

-तेरो भिजा आयो ?

-तैले मन पराएको केटी अन्तै जाने भई ?

-बूढाबूढी मरेपछि आफैँ मसान घाटमा हिँडेर जानुपर्छ ।

शब्द म ः

बहिरो पनि भइएन । साउनी चुरोट छ ?

शब्द ऊः

यथार्थ मीठो हैन, तीतो हुने भो । कान्छाले झट्टै चिनी ल्याइदिए हुन्थ्यो ।

शब्द प्रबुद्धः

तिक्तता Û तिक्तता हुनुपर्छ । अनि बल्ल मिठासको महìव बढ्छ ।

शब्द ऊः

साउनी कान्छाले चिनी ल्याई पुर्‍याएन ?

थकित शब्दः

खै काँ हरायो, हरायो । भन्न साथै काँ पाउँछ र चिनी पनि कालो बजारी छ आजकाल ।

शब्द म ः

जिन्दगी पनि चिनीजस्तै अभावमा हुनु, जताततै माग बढ्नु, अनि कालो बजारमा बढी मोल तिरेर किन्नुपर्ने हुनु । छ्यासछ्यास्ती पाइन्छ जिन्दगी त Û

शब्द उत्सुकः

आत्महत्या गर्न कति गाह्रो हुन्छ हँ ?

शब्द प्रबुद्धः

आत्महत्या गर्नेले हामीलाई आˆनो अनुभव सुनाउँनै पाउँदैन ।

खासखुस शब्दहरूः

यी सन्काहाहरू आत्महत्याको कुरा गर्दैछन् ।

चिनी लिन गएको कान्छाले थाहा पाए मुसा मार्ने औषधि ल्याउला नि ।

शब्द ऊः

ए साउनी Û खै चिनी ल्याई पुर्‍याएन कान्छाले ?

शब्द अत्यासः

काँ गयो, गयो बेपत्ता पो भो ।

शब्द प्रबुद्धः

उसलाई बेपत्तै हुन दिनोस् देशै बेपत्ता छ ।

शब्द उत्सुकः

देश कहाँ छ सुन्न समाचार सुन्नुपर्छ । साउनी रेडियो खोल्नोस् न Û

शब्द प्रबुद्ध ठम्याइका साथः

सुन्नै पर्दैन । बन्द, हडताल, धर्ना, घेराउ, अपहरण, बलात्कार, हत्या, हिँसा, दङ्गाफसाद, महँगी, भ्रष्टाचार, नारा, जुलूस, वार्ता, आश्वासन…. यिनै हुन् रेडियोले सुनाउने । सुन्नैपर्दैन ।

शब्द उत्सुकः

विचरा Û प्यारो मातृभूमि के गर्दै होलिन् ।

शब्द प्रबुद्धः

त्यहीँ भित्रै निस्सासिएकी छिन् । कसले भेट्टाउने ? कसले उद्धार गर्ने ?

जिन्दगीको यस क्षणलाई चियाको मिठासमा चुस्की लिने सम्भावना अब रहेन । निरपेक्षता दौडिँदै भागिसकेको छ ।

शब्द ऊः

साउनी Û कान्छा आइपुगेन अझै ?

अनपेक्षित शब्दः

कान्छा हैन, जुलुस आउँदैछ सडकमा ।

आगन्तुक शब्दः

जिन्दावाद Û जिन्दावाद Û मुर्दावाद Û मुर्दावाद Û

एकै हौँ । एकै हौँ । पाइँदैन Û पाइँदैन Û

खबरदार Û खबरदार Û

शब्द ऊः

अरे Û चिनी किन्न गएको कान्छा त त्यही जुलूसभित्र छ नारा लगाउँदै उप|mँदैछ ।

अपनत्व शब्दः

मेरो कान्छा अन्याय सहँदैन । क्रान्तिकारी छ । कुनैदिन त्यो चिनी लिएर र्फकनेछ । ऊ नफर्केसम्म तपाईंहरू पर्खिबस्ने ?

हामी चिनी किन्न जाने कान्छाको पर्खाइमा यतिञ्जेल वाहियात भावुकता मात्र पोख्दै रहेछौँ । ती छताछुल्ल शब्दहरू निःशब्द हामीलाई धिकार्दै थिए । कान्छाको क्रान्तिकारीताले हामीलाई झस्काउँछ । हामी सबै जर्‍याकजुरुक उठ्छौँ, जुलुस भेट्टाउन हिँड्छौँ । निःशब्द तर जोशिलो उफानसहित ।

-हेटौँडा-११, मकवानपुर

1 thought on “शब्द निश्शब्द कोलाज”

  1. Egyptians used papyrus to
    Egyptians used papyrus to cheap web hosting make sales messages and wall posters. Commercial messages and political campaign displays have been found in the ruins of Pompeii and dedicated servers ancient Arabia. Lost and found advertising on papyrus was common in Ancient Greece and Ancient Rome. Wall or rock painting for commercial advertising is another manifestation of an ancient advertising wireless internet form, which is present to this day in many parts of Asia, Africa, and South America. The tradition of wall painting can be traced back to Indian rock art paintings that date back to 4000 BC. History tells us that vps hosting Out-of-Home advertising and Billboards are the oldest forms of advertising.

Leave a Reply

Your email address will not be published. Required fields are marked *