Skip to content

आठ जापानी सेदेको (जोश, जाँगर)


जोश, जाँगर
र तातो मरुभूमि
मानौ पर्याय

बिचार शुन्य
निर्मम कारागार
इर्ष्यालु प्रेम

गीत, गजल
जोड अनि घटाउ
फाटेको मन

बुद्दिको बिर्को
भाग बन्डाले गर्दा
खुल्दै खुलेन

कठै बिचारा
यो हाम्रो यारपोर्ट
चिलले ठुग्छ

छोरा र छोरी
मागको नामावली
कठै बा, आमा

सती सावित्री
आजकी प्रियतमा
डिस्कोमा राती

श्रीमती बेची
ठुठेले तानिरह्यो
भान्ग्को लड्डु

अस्तु :

@विवेक दुलाल क्षेत्री “दमक ”
दमक, झापा
हाल : अबुधाबी, यू ए ई

Leave a Reply

Your email address will not be published. Required fields are marked *