Skip to content

संयोग थियो तिम्रो गाउँ पुग्नु

  • by

संयोग थियो तिम्रो गाउँ पुग्नु र तिमीलाई भेटनु
आँखाको इसारामा तिमीसँग मुटु साटनु

समयको खेल यस्तै रहेछ बुझ्न गाह्रो भयो
तिमीसँगको भेट पछि छुट्टिन गार्हो भयो
मनका कुरा सबै तिमीसँग भन्ने विचार थियो
कुराकानी गर्ने समयमा तिमीले अन्तै जानुपर्यो

सुन्दरताको धनी तिमी भित्री मन चोखो रैछ
भेट हुदा बोल्ने तिमी बानी धेरै राम्रो रैछ
तिम्रो दिलको फुलबारीमा मेरो भयो एक्लो राज
यो सम्बन्ध अरू बढाई, छ बसाउनु घरबार

गोविन्द राज ओझा
दीपायल सिलगढी नगरपालिका वडा नं.२, दीपायल, डोटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *