Skip to content

मेरो देशको नक्सा


दिन प्रतिदिन
साघुरिँदै गएको छ मेरो भूगोल
अतिक्रमणको घेरा भित्र घेरिएर
आज खुम्चिदैँछ मेरो राष्ट्र
गिद्धका गिद्धे नजरहरू बीच
बचाँएर आफ्नो लुटिन बाँकी अस्मिता
जोगाएर आफ्नो बचेखुचेको स्वाभिमान
मेरो राष्ट्र सोध्छ मसँग
उसको आफ्नो भूगोलको रेखाचित्र
तर अफसोच,
म कोर्न सक्दिन आफ्नै देशको नक्सा
म स्वयम्लाई थाहा छैन
मेरो देशको आयतन
यसले ओगटेको क्षेत्रफल
मेरो देशको सीमाना
मलाई कोर्न आउँदैन – आफ्नै देशका नक्सा
कालापानी म आफ्नो भनूँ या अरु कसैको
टनकपुरमा म नेपाल खोजूँ या अरु केही
साच्चैँ मैले टेकेको यो भूमि
मेरो आफ्नैँ हो या अरु कसैको ???

सर्बाधिकार
जितेन्द्र तुलाधर
बुंगमती, ललितपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *