Skip to content


लाखौँ जुनी कम हुन्छ
तिमीसँग माया लाउन
तिमीसँग माया लाउन ।

यस्तो लाग्छ मेरो जन्म
समय भन्दा अघि भयो
भाग्य खोन्दै भौँतारिँदै
थाहा नपाई उमेर गयो
यो उमेरमा लाएको माया
उधारो रहन्छ भन्छन्
सत्य साँचो माया लाए
अर्को जुनीमा पाउँछ भन्छन् ।

अर्को जुनी कम हुन्छ
तिमीसँग माया लाउन
तिमीसँग माया लाउन ।

जिन्दगीको आकाशमा
ताराभन्दा सपना धेरै
देखेको सपनाभन्दा
बाँच्ने आयु साह्रै थोरै
सपनाहरु पछ्याउँदा
विरानो ठाउँमा पुगेँ
थकाइ मार्न तिमी पाउँदा
उमेरको भञ्ज्याङमा पुगेँ ।

भञ्ज्याङ बिसाई कम हुन्छ
तिमीसँग माया लाउन
तिमीसँग माया लाउन ।

-इलाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *