Skip to content


आधुनिकताको नाममा जब
गुन्यू चोलीलाई एक ठाउँमा फ्याकेर
एक बित्ताभन्दा नि छोटो
मिनीस्कर्टले आफ्नो लाज ढाकेर
स्वतन्त्रता दिवस मनाउने निँहुमा
बिदेशी हुस्कीको मातमा मात्तिएर
आफ्नो लाज सरम सबै भुलेर
रमाएर नाँच्न थाल्छिन्
नचेर रमाउँन थाल्छिन्
तब मलाई ब्यर्थ झैं लाग्छ नारी दिवस
तब मलाई औचित्यहीन लाग्छ नारी दिवस

नारी अधिकारको पक्षमा वकालत गर्दै
भाषण फलाकेर आएकी सभासद
जब घरमा नपुग्दै काम गर्ने कान्छीलाई
विना कारण, विना कसुर
अपशब्द बोल्दै यातना दिन्छे
यातना दिदै अपशब्द बोल्छे
तब मलाई ब्यर्थ झैं लाग्छ नारी दिवस
तब मलाई औचित्यहीन लाग्छ नारी दिवस

जब बुहारी भित्याएको एक महिना नपुग्दै
सासू बुहारी बीच किचलो बढ्छ,
जब एक छोराको रहरमा सुन्तलीले
पुनः एक पल्ट अर्की छोरी जन्माउँछे,
जब पैसाको लोभमा आफ्नै आमाले
आफ्नी छोरीलाई बेश्यालयमा बेच्छे,
जब छोरी भएकै कारणले
गर्भ भित्रै उनको हत्या हुन्छ,
जब बोक्सीको आरोपमा एक महिलाले
अर्की महिलालाई यातना दिन्छे,
जब एक नारीले नै अर्की नारीलाई हेला गर्छे
जब एक नारीद्वारा नै अर्की नारी पिडित बन्छे
जब एक नारीद्वारा नै अर्की नारी अपमानित हुन्छे

तब मलाई ब्यर्थ झैं लाग्छ नारी दिवस
तब मलाई औचित्यहीन लाग्छ नारी दिवस ।।

सर्बाधिकार
जितेन्द्र तुलाधर
बुंगमती ललितपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *