तिम्रो अहंकारलाई थिचेर जादैछु
तिमी भित्रको बेथिति मिचेर जादैछु
जे पर्ला आओस युग सताउन मलाई
उसको दासत्व उसैमा पिचेर जादैछु
पर्दैन वर्षात् बिना मेघ गर्जन
तर म पुरै समुद्र किचेर जादैछु
कसैले सोधेमा भनिदिनु तिमीले
म “विवेक” आफ्नै नाम शिचेर जादैछु
अस्तु
@विवेक दुलाल क्षेत्री “दमक ”
दमक,झापा
हाल ; अबुधाबी, यू ए ई