Skip to content

मात्रृभुमि प्यारो लाग्छ, यो एक मुठ्ठी श्वास भन्दा ।
स्वाभिमानी नेपाली म, विर गोर्खाली खास भन्दा ।।

ईतिहासले देखाई सक्यो, पल्टाई हेरे हुन्छ।
उच्च रह्यो जँगी निशान, देखिएको आकाश भन्दा ।।

मरणको संघारमा पुग्दा पनि त, लडि रह्यौं ।
राष्ट्रभक्ति प्यारो लाग्यो, ममताको आभाष भन्दा ।।

स्वर्गको सुभाष छ, रक्त मिश्रित यहाँको माटोमा ।
आफ्नै घर आँगन प्यारो, विदेशको त्रास भन्दा ।।

बम गोला वारुदसँग, जीवन साट्नु परे परोस् ।
मृत्यु बरु सानो हुन्छ, भविश्यको ईतिहास भन्दा ।।

२०७० फाल्गुन
सुनसरी ईनरुवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *