Skip to content

गजल (स्वतन्त्रता के हो हजुर)


स्वतन्त्रता के हो हजुर आफै सोचेर हेर्नुहोस
एउटा सुगा पिंजडामा छ छोडेर हेर्नुहोस !!

ब्यर्थै किन सोध्नुहुन्छ परिभाषा जिन्दगीको
भोगाइ नै जिन्दगी हो लौ भोगेर हेर्नुहोस!!

शौचालय न मन्दिरमा आँत्मा भित्र ईश्वर छ्न्
आस्था राखे भेट्नुहुन्छ आँखा चिम्लेर हेर्नुहोस!!

ई आँखाले देखे जस्तो सिधा छैन संसार यो
बुझ्ने भए सतह देखी माथि उठेर हेर्नुहोस!!

गाउँलेको हँसाइ भित्र वेदना छ मिसिएको
मेरा शब्द भित्र तपाईं आफै डुबेर हेर्नुहोस!!

जीतु खड्का गाउँले
मोरङ उर्लाबारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *