Skip to content

निष्ठुरीको लागि आँसु मात्रै पानी हुन्छ


निष्ठुरीको लागि आँसु मात्रै पानी हुन्छ
आवेशमा धेरै गल्ती जानीजानी हुन्छ

आँखा लोभी हुन्छ हाम्रो मन झनै पापी
मानिसको अचम्म कै जिन्दगानी हुन्छ

मायालुको मन जित्न सजिलो काँ छ र ?
धाक घुर्की अनि धेरै आनाकानी हुन्छ

सत्ता लोभ शक्ति मोह नगर्ने को होला ?
नपत्याए हेर कुर्ची खिचातानी हुन्छ

आफ्नो लागि मात्रै बाँच्ने स्वार्थी हो त्यो मान्छे
निश्वार्थी जो परि आए बलिदानी हुन्छ

गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *