Skip to content


गरिबी भित्रका लाशहरू
कुनै मरिसके
कुनै जिउँदै छन्
तर लाश भएर

सास फेर्न पाए पो
बाँच्लान ती लाशहरू
पसिनाको मूल्य पाए पो
जन्मेलान् आशहरू

भोकै छन् लाशहरू
बाँचे पनि मरे पनि
रोएकै छन् लाशहरू
रुवाउने हाँसे पनि

लाश माथि बाँच्नेहरू
दुर्गन्धमै बाँचिरहेछन्
ऐश आरामको नशाले
गन्धलाई भुलिरहेछन्

अघाएका बलिष्ठ हात
गाँस खोस्दै घिचिरहेछन्
लाशको गन्ध झैं
डकारेर गन्हाइरहेछन्

करोडौं लाशहरू
अँझ लाशै छन्
तिन्का आशहरू
पनि लाशै छन्

लाशले मसानमै
जन्म लिनु परेको छ
शक्ति सबै गुमाएर
मसानमै लड्नु परेको छ ।

इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस् एन्जेलस् च्याप्टर
लस् एन्जेलस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *