Skip to content

तिमी हैन म हैन


तिमी हैन म हैन अब हामी हुनुपर्छ
हाम्रा हरेक कदम अग्रगामी हुनुपर्छ

परिवर्तनको लहरले सबैलाई छो ओस
त्यो लहर शक्तिशाली सुनामी हुनुपर्छ

गिज्याउलान् होच्याउलान् बैरीहरूले सुन
देशको विकास गर्ने कला दामी हुनुपर्छ

तयार पारौं ज्ञान सीपले निपूण जनशक्ति
विश्वभरि हामी नेपाली नामी हुनुपर्छ

कहिले लाग्ला मनमा चोट कहिले तनमा
कहिले डक्टर त कहिले धामी हुनुपर्छ

बिना तामाङ’सुनगाभा’
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *