मुसा पस्ने दुला दुली थुन्दै थुन्दै जानु साईला
जाल थाप्नु पर्छ पक्का बुन्दै बुन्दै जानु साइला
धान खान नपाएर नारा जुलुस गर्दै होलन
अहिलेपनि कराउदै छन सुन्दै सुन्दै जानु साइला
कमलो छ जता ततै जाही दुलो पार्न सक्छन
यिनै कुरा मनमालीइ गुन्दै गून्दै जानु साइला
दुलोपार्ने भत्काउने यिनको नियती भो
सम्याउने राम्रो विचार तुन्दै तुन्दै जानु साइला
कटेका छन धेरै वटा ओड्ने सिरकहरु यहाँ
सिलाउन सियोमा धागो उन्दै उन्दै जानु साईला