Skip to content

तीन मुक्तक (जुनी जुनी भेट हुनी)



जुनी जुनी भेट हुनी
भन्ने माया रैछिन् खुनी
आत्मार्पण गर्ने छैन
मुटु भने दिंदै छुनी


सबै भन्छन् स्वर्ग जाने
केही छैन साथ लाने
यहीं छनी स्वर्ग नर्क
धर्म कर्म आफ्नै ठाने


ज्ञानी रन्छन् नामको लागि
नेता रुन्छन् ठामको लागि
यस्तै रैछ संसार मित्र
दीन रुन्छन् कामको लागि

सदानन्द अभागी
मिति२०७०/१२/३,कावासोती

Leave a Reply

Your email address will not be published. Required fields are marked *