Skip to content


हिजोआज आमालाई सञ्चो छैन
हन्हन् ज्वरो आएको छ !
ती कुटिल आँखाहरु स्थिर छन्
‘ढोका उघारी राख्नु’ भन्छन् ।
अनायासै-
अनियन्त्रित् हुरी
हन्हनाउँदै छिर्छ
सिरेटो हान्छ
आमालाई सिकिस्त पार्छ!
चेतनाको अन्तिम रेखाको
अतिक्रमण हुन्छ… !
मानौँ उसको उद्बन्ध इच्छाले
बाटो पाएको छ ।
आमाको मन न हो !
माया नै छरिरहेछ !
आमालाई के थाहा ?
द्रौपदीलाई जुवाको खालमा थापेझैँ
दाउपेचको खालमा थापिसकेको छ ।
विश्वासको
अन्तिम संस्कार भइसकेको छ,
ओभाउन लागेको घाउ
फेरि,
चर्‍याउन थालेको छ!
हिजोआज आमालाई सञ्चो छैन
हन्हन् ज्वरो आएको छ !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *