Skip to content


हाम्रो नेपाल धनी राष्ट्र भएर पनि
केही गर्न सकेन नेताले यो देशमा पनि
जति पायो उती नेता कुर्सी मात्र तान्छन
विकाश गर्न देशमा नेताले कहाँ मान्छन

यत्रो जलस्रोत भएको हाम्रो देशमा
१२ घन्टा लोड-सेडिङ हुन्छ हाम्रो देशमा
यत्रो जडीबुटी औषधी देशमा मुलो
यस्को सदुपयोग गर्ने दिमाग कता भुलो

नलड नेता हो धनको लागि मात्रै
सन्देश बोक नेता हो विकासको मात्रै
आाफ्नो आत्मा मात्र नचिन प्ररमात्मा पनि
विकास गर नेताहो हाम्रो देशमा भनी

कति मरे नेपाली खाई तातो गोली
सुन्दैनौ त नेता हो यहा गरीबको बोली
आउदै छ भुईचालो ढल्दैछ रुख
रुन्छ यो देशको जनता पनि सुँकसुँक

लेखक ः लेख बा. कार्की त्रि.न.पा. १२ कौवाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *