Skip to content

क्याम्पस पढ्दै गर्दाको सम्झना

म सम्झिन्छुँ तिँ दिनहरु, कक्षाको अन्तिममा बसेर
अगाडि बसेका साथीहरुलाई कागजको डल्लोले
हिर्काइरहेको, अनि कसरी बिर्सन सक्छुँ गुरुले
थाहा पाएर हामीलाई कक्षा बाहिर निकालिएको,
आदरणिय गुरु लय खतिवडा हुनुहुन्थ्यो उहाँ। आक्कल
झुक्कल आजभोली पनि भेट भैरहन्छ उहाँसंग।
कुरा कलेजको सुरुवात तिरको हो यानकि ठिक दुई बर्ष
पहिले, मैले किताब पनि किनेको थिईन त्यसबेला,
कलेजको तेस्रो या चौथो दिन थियो त्यो।
वास्तवमा मलाई पहिलो डेस्कमा नै बस्ने बानी भएर
हुनसक्छ, मेरो अन्तिममा बस्ने रुचि हराएको थियो त्यस
दिन। हामी भन्दा अगाडिका डेस्कहरु महिला मित्रहरुले
भरिएका थिए र म संग बसिरहेको थियो मेरो नवपरिचित
मित्र आकाश। हुन त कलेज सबै भन्दा पहिले
पुग्नेपनि हामी नै हुन्थ्यौँ र
पहिलो डेस्कमा आफ्ना कापी कलम राख्थ्यौ। तर
अगाडि बस्ने साथिहरुले ति डेस्कहरुलाई व्यक्तिगत
जस्तै बनाएका हुन्थे। हामी किताब डेस्कमा राखेर
केहि बेर बाहिर कलेज कम्पाउण्ड तिर निस्कन्थ्यौ, र
पछि फर्किदा हाम्रा किताबहरु अन्तिम
डेस्कमा पुगेका हुन्थे। हुँदो के रहेछ भने हाम्रा किताबहरु
पहिलो डेस्ककाले दोस्रो, दोस्रोकाले
तेस्रोमा राख्दा रहेछन र यो क्रम जारी हुँदै
अन्तिममा पुग्दोरहेछन।
त्यसदिन पनि त्यहि क्रम दोहोरिएको थियो।

म र
आकाश अन्तिममा बसेका थियौँ,
मेरो दिमागमा एउटा उपाय फुर्यो, मैले
कागजमा “तिमीलाई बाहिर कोहि बोलाउँदैछ” लेखेर
आकाशलाइ अगाडि बसेका केटि साथिहरुकहाँ फ्याक्न
भनेँ। उसले गुरुका आँखा छोपेर फाल्यो पनि तर
तेस्रो पल्ट उ रंगेहात पक्रियो। गुरुले उसलाई बाहिर
जान भन्नुभयो, गल्ती उसको भन्दा बढि मेरो भएकोले म
पनि बाहिर हिँडे। जाँदाजाँदै गुरुले भन्नुभयो-“तिमीहरु
मेरो कक्षामा बस्ने भए पहिलो डेस्कमा बस्नु, हैन भने
मेरो कक्षामै नबस्नु।”

अर्को दिन
देखि पहिलो डेस्कमा राखिएका हाम्रा किताब कसैले
पछिल्लो डेस्कमा सारेन, हामी बिरलै पछाडि बस्यौ त्यस
दिनदेखि। त्यो एकदिन प्रयाप्त थियो जिवनमा ठुलो परिवर्तन को लागि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *